Close This

माओवादी केन्दद्वारा लालबन्दी नगर सभा दल गठन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२३ गते   ३७३ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) ले सर्लाहीको लालबन्दी नगरपालिकाको नगर सभा  दल गठन गरेको छ । स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० बाट निर्वाचित जनप्रतिनिधिहरुबाट लालबन्दी नगरपालिका नगर सभा  दलमा चयन गरिएको हो ।
लालबन्दी नगरपालिकाको नगर सभा  दलको नेता लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापा चयन हुनुभएको छ  भने उप नेतामा लालबन्दी नगरपालिका २ का वडा अध्यक्ष किरण कुमार पासवान र सचेतकमा लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष शुक्र बहादुर लामा चयन हुनु भएको नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटिका सचिव राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
नेकपा(माओवादी केन्द्र)को तर्फबाट लालबन्दी नगरपालिका १७ वटा वडा मध्य ६ वटा वडामा वडा अध्यक्ष निर्वाचित भएका छन् ।

लालबन्दी नगरपालिका २ मा पासवान,लालबन्दी नगरपालिका ८ मा लामा,लालबन्दी नगरपालिका १२ मा दुर्गा बहादुर आले,लालबन्दी नगरपालिका १५ मा गोरख बहादुर बल,लालबन्दी नगरपालिका १६ मा थापा र लालबन्दी नगरपालिका १७ मा विष्णुहरी अधिकारी माओवादी केन्द्रको तफृबाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । नेकपा(माओवादी केन्द्र)ले देशको संघिय संरचना अनुसार आफ्नोसंगठन विस्तार गरेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech