Close This

भन्सार छलि युरिया मल ल्याउने आठजना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-२५ गते   ९१६ पटक हेरिएको

सर्लाहीको सीमा नाकाबाट भारतबाट युरिया मल लिएर आउँदै गरेका ८ जना पक्राउ परेका छन् ।
विष्णु गाउँपालिका स्थित नेपाल भारत सिमानाकाबाट प्रहरीले युरिया मलसहित ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार विष्णु गाउँपालिका ६ मिर्जापुर स्थित नेपाल भारत सिमानाकाबाट १४ वटा साइकलमा २८ बोरा युरिया मल लिएर आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी  उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए । । 
पक्राउ पर्ने भारतीय नागरिकहरुको को नाम भने प्रहरीले खुलाएको छैन। १४ जनामध्ये ६ जना भारतीय भने साइकल छाडेर भागेका प्रहरीले जनाएको छ।
सरकारले रासायनिक मलको उचित व्यवस्था नगर्दा जिल्लाका किसानहरुले भारतबाट लुकिछिपी मल ल्याउने गरेका छन्।
तर भारतिय मल गुणस्तरहिन रहेकाले प्रयाेग गरिएपनि नेपाली मलकाे तुलनामा कम काम गर्ने कृषि प्राविधिकहरुकाे भनाइ छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech