मलंगवा ५ का सहनीको मृत्यु प्रकरण,पीडित र स्थानीयद्धारा राजमार्गमा प्रदर्शन

514 Shares

सर्लाही हरिवन नगरपालिका ४ स्थित पुर्व पश्चीम राजमार्गमा स्थानीयले टायर वालेर प्रदर्शन गरेका छन्।पुर्व पश्चीम राजमार्गको हरिवन नगरपालिका ११ स्थित इन्दु शंकर चिनी उद्योग अगाडि नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकपुरुषको ज्यान गएपनि उक्त सवारी साधन खोजी कार्यमा प्रहरीले चासो नदेखाएको भन्दै पीडित परिवार र स्थानीयले राजमार्गमा टायर वालेर प्रदर्शन गरेका हुन ।

aag.jpg
करिब ११ बजे राती नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएर मलंगवा नगरपालिका ५ भाँडसरका अन्दाजी वर्ष ४५ का बुदेश सहनीको ज्यान गएको भएपनि प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी कार्यमा चासो नदेखाएका कारण आफुहरु आन्दोलीत भएको हरिवन नगरपालिका ४ स्थित सासापुरमा टाईम्स वाटर नामक पानी उद्योग सञ्चालक रिवन्द्र कुमार महतोले बताए।उनले आफ्नो उद्योगमा काम गर्ने सहनीलाई नम्बर नखुलेको सवारी साधनलेठक्कर दिएको भएपनि प्रहरीले उक्त सवारी साधन पहिचान गर्ने कार्यमा चासो नदेखाएका कारण पुर्व पश्चीम राजमार्गमा टायर वालेर प्रदर्शन गरिएको पीडित परिवार र स्थानीयले बताएका  छन् ।

aag1.jpg
यता,पुर्व पश्चिम राजमार्ग सडक छेउमा सहनीको दुबै तिघ्रा मुनिको भाग पुर्ण रुपमा छेद विछेद तथा घाइते भई बेहोस अवस्थामा फेला परेकोले निजलाई तत्कालै उपचारको लागी हरिवन स्थित नमुना अस्पतालमा ल्याई चेकजांच गराउदा करिब ३ बजे राती चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरीनायव उपरिक्षक सरोज राईले जानकारी दिए ।उनका अनुसार शवलाई हरिवन नमुना अस्पतालमा राखिएको र घटनाको सम्बन्धमा आवश्यक प्रहरीले अनुसन्धान अघि बढाएको छ ।तर प्रहरीले सो सम्बन्धमा सवारी साधनले ठक्कर दिएको वा अन्य कारणले सो घटना भएको हो भन्ने एकिन विवरण खुलाएको छैन् । प्रर्दशनमा उत्रिएका पीडित परिवार र स्थानीयलाई प्रहरीले दुर्घटनामा संग्लग्न सवारी साधनको पहिचान गर्ने प्रतिवद्धता जनाएपछि प्रदर्शन साम्य भएको थियो ।

सम्बन्धित समाचार