251
Shares
आज लग्ने सूर्यग्रहण नेपालबाट नदेखिने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।समितिका अनुसार सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार नेपालमा यसको कुनै सुतक लाग्खैन्।आज लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड,अष्ट्रेलिया,फिजी,टोङ्ग र अन्टार्टिका लगायत देशबाट मात्र देखिन्छ ।
चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीभरबाट एकैपटक चन्द्रमालाई देख्न सक्छन्।तर,सूर्यग्रहणमा भने पृथ्वीका केही मानिसले मात्र ग्रहणको अनुभव गर्ने वैज्ञानिकहरूले बताएका छन् ।
उनीहरुका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर गर्दैन।तर,सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनु पर्छ ।