मगर दिवसमा सर्लाहीका ३ पालिकामा बिदा

194 Shares

४४ औँ राष्ट्रिय मगर दिवस एवम मगर स्थापना दिवसको अवसरमा सर्लाहीका तीन पालिकाले शुक्रबार बिदा दिएका छन्।मगर बाहुल्य लालबन्दी,हरिवन र बागमती नगरपालिकाले शुक्रबार एक दिनका लागि आ–आफ्नो पालिका भित्र स्थानीय बिदा दिएका हुन् ।
लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी,हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल) र बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाले साँस्कृतिक पहिचानको संरक्षण तथा आपसी सद्भाव र एकताको भावना अझ सुदृढ बनाउन भन्दै मगर स्थापना दिवसको अवसरमा बिदा दिइएको उल्लेख गरेका छन् ।
नेपाल मगर संघको माग अनुसार लालबन्दी,हरिवन र बागमती नगरपालिकाले स्थानीय बिदा दिँदै शुक्रबार वडा कार्यालय, नगरपालिका,विद्यालय,स्वास्थ्य संस्था र मातहतका अन्य कार्यालय बन्द रहने जनाएका छन् ।

सम्बन्धित समाचार