सर्लाही र महोत्तरीबाट लागु औषध सहित दुई जना पक्राउ

248 Shares

पुर्व पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको ईश्वरपुर नगरपालिका ४ को दोस्रो लच्का नजिकैबाट ५५ किलो भन्दा बढी प्रतिबन्धित लागु औषध गाँजा सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पुर्व पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको ईश्वरपुर नगरपालिका ४ को दोस्रो लच्का नजिकैबाट अन्दाजी ५५ किलो दुई सय २० ग्राम प्रतिबन्धित लागु औषध गाँजा सहित ईश्वरपुर नगरपालिका १२ का अन्दाजी वर्ष ३२ का संजिव भुजेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

28-08-2025-68b074c821fc5-t.jpg
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रबिन्द्र कार्की र ईलाका प्रहरी कार्यालय केशगरंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा भुजेललाई चेकजाँच गर्दा परालले छोपि लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी ५५ किलो दुई सय २० ग्राम प्रतिबन्धित लागु औषध गाँजा बरामद् भएको हो ।
त्यसैगरी,महोत्तरीको बर्दिवासबाट प्रहरीले करिब ४२ ग्राम अवैध लागु औषध(खैरो हिरोईन)सहित एक जनालाई नियन्त्रणमा लिएको छ।बर्दिवास नगरपालिका ३ गौरीडाडाँ स्थित वि.पि.राजमार्गमा ईलाका प्रहरी कार्यालय वर्दिवास र लागु औषध नियन्त्रण ब्युरो,शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले सिरहाबाट काठमाण्डौ तर्फ जादै गरेको बा.४ ख ६९१ नम्बरको यात्रु बाहक हायसबाट अन्दाजी ४२ ग्राम अवैध लागु औषध (खैरो हिरोईन) सहित सिरहाको सुखिपुर नगरपालिका २ का अन्दाजी २४ वर्षका राजीव राज महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
कार्यालयका अनुसार हायसमा सवार महतोलाई शंका लागि चेकजाँज गर्दा निजको साथमा रहेको कालो रंगको भिर्ने झोला भित्र कालो प्लास्टिकले र्याप गरी लुकाई छिपाई राखिएको अन्दाजी ४२ ग्राम अवैध लागु औषध (खैरो हिरोईन) नियन्त्रणमा लिएको हो।बर्दिवासमा लागु औषध नियन्त्रण ब्युरो,शाखा कार्यालय स्थापना भए पछि नेपाल प्रहरीको सहयोगमा लागु औषध नियन्त्रणमा उलेख्य काम भएको स्थानीय जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार