राजनीतिक स्वार्थका कारण तरकारी बजार लालबन्दी तनावमा

513 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेकाे ताजा तरकारी तथा फलफूल व्यवसायी समुहले पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । ताजा तरकारी तथा फलफूल बजार व्यवसायी समुह लालबन्दीले नगरपालिकाले लगाउँदै आएको निकासी करप्रति असन्तुष्टि जनाउँदै सबैखाले तरकारी तथा फलफूलको खरिद–बिक्री बन्द गर्ने घोषणा गर्दै पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको हाे ।

समुहका अध्यक्ष राम दरेश चौधरीले एक विज्ञप्ति जारी गर्दै असार १९ गते  बिहिबारदेखि अनिश्चितकालसम्म कृषि उपज, ताजा तरकारी तथा फलफूल खरिद बिक्री नगर्न सम्पूर्ण व्यापारीहरूसंग अनुराेध गरेका छन्। चाैधरीले हस्ताक्षर जारी गरिएकाे विज्ञप्तिमा यो परिस्थिति उत्पन्न हुनुमा प्रमुख कारण स्थानीय तहले एकतर्फी रूपमा थोक बजारमा लगाउँदै आएको कर प्रणाली हो भनिएकाे भए पनि राजनीतिक स्वार्थका कारण किसानहरु मारमा परेका हुन ।

बजार व्यवस्थापन समितिमा स्थानीय व्यापारीको प्रतिनिधित्व नभएको, करको दर अव्यवहारिक भएको तथा निर्णय प्रक्रियामा पारदर्शिता नरहेको भनिएपनि कृषि थाेक बजार व्यवस्थापन समितिकाे अध्यक्ष भई सकेका चाैधरीले आफू अध्यक्ष हुँदा त्यस तर्फ ध्यान नदिने र अहिले आफ्नाे राजनीतिक अभिष्ट पूरा गर्न षडयन्त्र खडा गरेका केही किसानहरु नै बताउँछन् ।

सम्बन्धित समाचार