शंखर पहाडी(गौरब)
भन्सार छलीको ठुलो मात्राको चिनी सहित नियन्त्रणमा लिइएका तीनवटा ट्रक फेरी छुटाउने तयारी भएको पाइएको छ । जिल्लाको विभिन्न स्थानबाट गत भदौ २९ र असोज ७ गते ठुलो मात्राको भन्सार छलीको चिनी सहित नियन्त्रणमा लिएका तीनवटा ट्रक कार्तिक १७ गते पहिलो पटक छाडिएका भएपनि फेरी कार्यालय बोलाइएको थियो । अहिले त्यतिबेलाको मुचुल्का सच्याएर फेरी भन्सार कार्यालय सर्लाहीले छुटाउने तयारी गरेको पाइएको छ ।

गत भदौ २९ र असोज ७ गते भन्सार छलीको ठुलो मात्राको चिनी सहित प्रहरीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालय सर्लाही बुझाएका तीनवटा ट्रक कार्तिक १७ गते जिल्ला भन्सार कार्यालय सर्लाहीका कार्यालय प्रमुख दिपेन्द्रकुमार झाले आर्थिक चलखेल गरि छाडेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याँउदै गरेको अवस्थामा तीनवटा ट्रक र एक हजार चार सय ६० बोरा चिनी बरामद् गरि जिल्ला भन्सार कार्यालय सर्लाहीलाई गत भदौ २९ र असोज ७ गते बुझाएका भएपनि कार्यालय प्रमुख झाले ठुलो रकम लिएर ट्रक छाडेका थिए ।पछि भन्सार विभागले छाडिएका ट्रक पुन नियन्त्रणमा लिन भनेपछि कार्यालय प्रमुख झाले बाध्य भएर ट्रक कार्यालयमा झिकाएका भएपनि अहिले पुरानो मुचुल्का सञ्चाएर ट्रक फेरी छाड्ने तयारी गरेका जिल्ला भन्सार कार्यालय स्रोतले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले गत भदौ २९ गते हरिवन नगरपालिका ९ स्थित नयाँ रोडबाट दुई वटा ट्रक र नौ सय ८० बोरा भन्सार छलीको चिनी नियन्त्रणमा लिएको थियो । त्यसको करिब एक हप्ता पछि असोज ७ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले बसबरिया गाउँपालिका ३ बाट पनि चार सय ८० बोरा भन्सार छलीको चिनी सहित एउटा ट्रक नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालयमा बुझाएको थियो ।
प्रहरीले बरामद् गरेको चिनी र ट्रक जिल्ला भन्सार कार्यालय सर्लाही बुझाएको भएपनि जिल्ला भन्सार कार्यालय सर्लाहीका प्रमुख झाले ठुलो आर्थिक चलखेल गरि तीन वटै ट्रक र नौ सय ८० बोरा चिनी छाडेका थिए । ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोलीले नियन्त्रणमा लिएको ना ७ ख ६१४५ र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरका दुई वटा ट्रकको रु दुई करोड ६० लाख र नौ सय ८० बोरा चिनीको अन्दाजी मूल्य रु ६८ लाख ६० हजार गरि रु दुई करोड २८ लाख ६० हजार र जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी नायव उपरिक्षक श्रेष्ठको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रकको रु ३० लाख र चार सय ८० बोरा चिनीको करिब रु १४ लाख ४० हजार मुल्याङ्कन गरि तीनवटा ट्रकको रु एक करोड ९० लाख र एक हजार चार सय ६० बोरा चिनीको अन्दाजी रु ८३ लाख गरि कुल रु दुई करोड ७३ लाख मुल्यांकन गरि प्रहरीले भन्सार बुझाएको थियो ।
तर जिल्ला भन्सार कार्यालय सर्लाहीका प्रमुख झाले तीन वटै ट्रक र नौ सय ८० बोरा चिनी आर्थिक चलखेल गरि छाडे र मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रकबाट बरामद् भएको चार सय ८० बोरा चिनी जिल्ला भन्सार कार्यालय मै राखेर लिलामी गरेका थिए । सो कुरा भन्सार विभागलाई गोप्य स्रोतले सो कुरा जानकारी गराएको र पछि ट्रक पुन नियन्त्रणमा लिनुभने पछि झस्किएका भन्सार कार्यालय सर्लाहीका प्रमुख झा अहिले पुरानो मुचुल्का सच्याएर फेरी ट्रकलाई उन्मुत्ती दिने तयारीमा लागेका पाइएको हो ।
बलरा नाकाबाट नेपाल भित्रिएका तीन वटै ट्रकका मालिकहरुसँग भन्सार कार्यालय प्रमुख झाले आर्थिक चलखेल गरि एक हजार चार सय ६० बोरा चिनी मध्ये नौ सय ८० बोरा चिनी र ना ७ ख ६१४५,प्रदेश २–०३–००१ ख ६५८५ र मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरका तीन वटा ट्रक भन्सार लिलामी नगरी आर्थिक चलखेल गरि छाडेका थिए ।
त्यस्तै चार सय ८० बोरा चिनी भने लिलामी गर्नु पर्ने तर नौ सय ८० बोरा चिनी लिलाम किन गर्नु नपर्ने ? भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा भन्सार अधिकृत झाले आफुले भन्सार ऐनको ५०(६) क र ५७ (१) ख अनुसार छाडिएको बताएका थिए । उनले अनुसन्धान अधिकृत नरेश साहले भन्सार ऐनको ५०(६) क र ५७ (१) ख अनुसार छाड्न मिल्ने भनेपछि आफुले आवश्यक परेको खण्डमा ट्रक कार्यालयमा उपलब्ध गराउने गरि छाडेको बताए ।त्यस बखत कुनै गल्ती नभएको र नीयमानुसार ट्रक छाडिएको दाबी गरेका भन्सार प्रमुख झालाई भन्सार विभागले स्पष्टकिरण समेत सोधेपछि ट्रक फेरी कार्यालय झिकाइएको थियो ।
भन्सार कार्यालय प्रमुख झाले नेपाली नम्बर प्लेटका ट्रक भएकाले लिलामी गर्न नमिल्ने र चिनी पनि जसको थियो उसैले सकारेर लगेको बताएका थिए तर पछि विभागले स्पष्टीकरण सोधेपछि जागिर धरापमा परेको भन्दै भन्सार प्रमुख झा विभिन्न राजनैतिक शक्ति केन्द्रहरुमा समेत धाएका थिए । विभागले उनको काज सरुवा भैरहवा गरी सकेको भएपनि ट्रकका मालिकहरुसंग गरेको आर्थिक चलखेलले समस्या ल्याउने भएपछि उनी अहिले जिल्ला भन्सार कार्यालय सर्लाही मै बसेर काज सरुवाको पत्रसमेत नबुझि ट्रक फिर्ता पठाएर मात्रै सरुवा भएको ठाउँमा जाने तयारीमा रहेका पाइएको छ ।
भन्सार विभागको ताकेता
प्रहरी टोलीले भन्सार छलीको चिनी सहित नियन्त्रणमा लिएका तीन वटा ट्रक जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक चलखेल गरेर छाडेको केही महिनापछि पुनःखोजतलास गरि कार्यालयमा फिर्ता ल्याएपछि भन्सार कार्यालय प्रमुख झाले लगाएको भन्सार ऐनको ५०(६) क र ५७ (१) ख को दफा अहिले अल्मलीएको छ ।
पहिला भन्सार ऐनको ५०(६) क र ५७ (१) ख अनुसार नीयमानुसार ट्रक छाडिएको दाबी गरिरहँदा विभागको स्पष्टीकरण जवाफ पेश गर्न भनिपत्र आएपछि उनले लगाएको दफाफेल भएको हो ।
पहिला आर्थिक चलखेलमा परेर खुसुस्क छाडेका ट्रक विभागले स्पष्टिकरण माग गरी नियन्त्रणमा लिन ताकेता गरेपछि निदहराम भएका भन्सार अधिकृत झालाई अब कुन बाटोबाट आफु पार पाउने भन्ने चिन्ताले फोल्न थालेको छ ।
प्रक्रिया पुरा नगरी आर्थिक चलखेलबाट छाडिएका तीन वटै ट्रकको विषयमा भन्सार विभागका तत्कालीन महा प्रवन्धक कमल भट्टराई र वर्तमान महा प्रवन्धक चक्र बहादुर बुढालाई गोप्य स्रोतले जानकारी गराएपछि विभागले भन्सार अधिकृत झालाई पटक पटक स्पष्टिकरण सोधेको छ भने छाडिएका तीनवटै ट्रक नियन्त्रणमा आएका छन् । तर ट्रक नियन्त्रणमा लिएपनि फेरी छाड्ने बाटो खोज्न भन्सार अधिकृत झालागि परेका भन्सार कार्यालय सर्लाही स्रोतले जनाएको छ ।
ना ७ ख ६१४५,प्रदेश २–०३–००१ ख ६५८५ र मधेश प्रदेश ०३–००१ ख ७५८८ को ट्रकका मालिकले भन्सार प्रमुख झालाई आफ्नो ट्रक नसमाती दिन आग्रह समेत गरेका थिए । भन्सार ऐनको ५०(६) क र ५७ (१) ख अनुसार आफुहरुले ट्रक छाडेको र त्यो नियमसंगत रहेको दाबी गरेका भन्सार अधिकृत झालाई सोही ऐन अनुसार फेरी ट्रक नियन्त्रणमा लिएर आवश्यक कार्बाही गर्न निकै समस्या परेको छ । पहिला आर्थिक प्रलोभनमा परेर भन्सार ऐनको ५०(६) क र ५७ (१) ख अनुसार भन्दै अवैधानिक रुपमा छाडिएका ट्रकले भन्सार अधिकृत झाको अहिले निदहराम मात्र गरेको छैन् ।“नखाउ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाको अनुहार” भनेझैँ भएको छ ।
यता,ट्रकका मालिकहरुले पहिला आफ्नो ट्रक कसरी छुट्यो र अहिले फेरी नियन्त्रणमा कसरी पर्यो भन्ने सबै प्रमाणहरु आफुसंग रहेको र आफ्नो ट्रक लिलामीमा जाने भए तत्कालीन प्रहरी नायव उपरिक्षक श्रेष्ठ,प्रहरी उपरिक्षक प्रविण पोख्रेल,शसस्त्र प्रहरीका अधिकारीहरुका साथै भन्सार अधिकृत झा सहितको पर्दाफाँस गर्ने कमलामाई मिडिया प्रा.लिलाई बताए । उनीहरुले के हिजो यहाँ रहेका प्रहरी रअन्य कर्माचारीहरु अहिले सरुवा भएर अन्यन्त्र गएका भएपनि उनिहरुले गरेको कर्तुत सार्वजनिक भए कार्बाही हुन्न र ? भन्दै कमलामाई मिडिया प्रा.लिलाई नै प्रश्न गरे ।
ति तीन वटै ट्रकलाई आर्थिक चलखेलमा परेर नछाड्ने अडान लिएका तत्कालीन भन्सार अधिकृत मुरारी प्रसाद काफ्लेको तीनै ट्रक र चिनी काण्डको बाहनालाई लिएर विभागले समयावधि नै नपुगि सरुवा गरेको थियो । भने भन्सार अधिकृत झालाई रातारात सर्लाही पठाएको थियो ।