फागुनमा सर्लाही ट्राफिकद्धारा करिब ६८ लाख राजश्व संकलन

190 Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनामा करिब रु ६८ लाख राजश्व संकलन गरेको छ।सर्लाही ट्राफिकले आर्थिक वर्ष २०८२/०८३ को फागुनमा रु ६७ लाख आठ हजार पाँच सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिए ।
उनका अनुसार जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने पाँच सय ९५ वटा सवारी साधनहरुलाई कारबाही कार्बाही गर्दा रु ६७ लाख आठ हजार पाँच सय राजश्व संकलन भएको हो ।
कार्यालयमा अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को फागुनमा एक सय २७ वटा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने एक सय २८ जना घाईते भएका छन् साथै दुर्घटनामा सय वटा मोटरसाईकल,आठ वटा टेम्पो,छ वटा ट्याक्टर,चार वटा कार,एउटा बस,दुई वटा टिपर  र छ वटा अन्य सवारी साधनहरु संग्लग्न रहेका छन् ।ट्राफिक प्रहरीले जिल्लामा सवारी व्यावस्थापनमा निकै चासोका साथ काम गरि रहेको र जिल्ला ट्राफिक सहित अन्य १० वटै ट्राफिक प्रहरी युनिटहरु सक्रिय भएर काम गरि रहेका कार्यालयले जनाएको छ ।
भारतिय नम्बरका सवारी साधनको हालीमुहाली रहेको सर्लाहीमा पछिल्लो समयमा त्यस्ता सवारी साधनहरुमाथी ट्राफिक प्रहरी र जिल्लाको प्रशासन संयन्त्र निर्मम भएर लागेको छ । जसका कारण अहिले जिल्लामा हुने दुर्घटनामा समेत कमि आएको छ ।

सम्बन्धित समाचार