तीनपाटन गाउँपालिकाको इन्धनमा उपाअध्यक्ष पुलामीको मस्ती

480 Shares

सिन्धुलीको तीनपाटन गाउँपालिकाका उपाअध्यक्षले गाउँपालिकाको इन्धनमा मोज गरेका रहस्य बाहिरिएको छ।गाउँपालिका उपाअध्यक्ष धन बहादुर पुलामी(अशोक)ले गाउँपालिकाको इन्धनमा दोलखाको सैलुङ र चरिकोट घुम्न गएका पाइएको हो ।तीनपाटन गाउँपालिकाका उपाध्यक्ष पुलामीसहित गाउँपालिकाका केही कर्मचारीहरूको टोली गाउँपालिकाको इन्धनमा रमाईलो गर्न दोलखाको सैलुङ र चरिकोट गएका पाइएको हो ।
 उपाअध्यक्ष पुलामी सहित गाउँपालिकाका केही कर्मचारीहरु दुई वटा गाडी लिएर दोलखाको सैलुङ र चरिकोट घुम्न गएका पाइएको हो।नेकपा(माओवादी केन्द्र)बाट स्थानीय तहहको निर्वाचन २०८० मा निर्वाचित भएका गाउँपालिका उपाअध्यक्ष पुलामी सहित माओवादी केन्द्र निकट शिक्षक सहित उक्त टोली गाउँपालिकाको इन्धनमा मोज गर्न दोलखाको सैलुङ र चरिकोट घुम्न गएका हुन ।
गाउँपालिका उपाध्यक्ष पुलामीले यो भ्रमणलाई न्यायिक समितिको कामका लागि दोलखा पुगेको भनेर व्याख्या गरेका छन् ।उनले न्यायिक समितिको भ्रमण रहेको दाबी गरेपनि उक्त भ्रमणमा समितिका अन्य सदस्यहरू सहभागी छैनन्।उपाध्यक्ष पुलामीको आदेश पालना गर्ने नजिकका कर्मचारीहरू मात्र उक्त घुमफिरमा गएका एक जनप्रतिनिधिले बताए ।गाउँपालिकाले अत्याधिक इन्धन खर्च गरेको भन्दे महालेखा परिक्षकको कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको भएपनि तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगर र उपा अध्यक्ष पुलामीलाई त्यसले खासै फरक नपारेको तीनपाटन गाउँपालिकाका अर्का जनप्रतिनिधिले बताए । तीनपाटन गाउँपालिकाका अध्यक्ष थापा मगर र उपाअध्यक्ष पुलामीले तीनपाटनमा इन्धनको खानी नै रहेको  झैँ गरी रहेका उनको भनाई छ ।

सम्बन्धित समाचार