१० किलो भन्दा बढी गाँजा सहित २ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

एसपि गौरव    प्रकाशित: २०८०-६-४ गते   २३२ पटक हेरिएको

सर्लाहीको पर्सा गाउँपालिका २ स्थित संग्रामपुरबाट सशस्त्र प्रहरीले २ किलाे भन्दा बढी प्रतिवन्धित लागू औषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
पर्सा गाउँपालिका २ संग्रामपुरकाे पर्सा नारायणपुर सडक खण्ड स्थित नेपाल भारत सिमाक्षेत्र नजिकबाट सशस्त्र प्रहरी बल नेपाल वाेर्डर आउट पाेष्ट( बिओपी) संग्रामपुरकाे सशस्त्र प्रहरीको टाेलीले नेपालबाट  लुकाई छिपाई भारत तर्फ लैजाँदै गर्दा १० किलाे २ सय ग्राम  प्रतिवन्धित लागू औषध गाँजा सहित  पर्सा गाउँपालिका  ६ बस्ने अन्दाजी वर्ष ४५ की सुदामा देबि ठाकुर र सोही ठाउँ बस्ने अन्दाजी बर्ष ५० का राजकिशोर महतोलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा. गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिएको १० किलाे २ सय ग्राम प्रतिवन्धित लागू औषध गाँजा सहित २ जनालाई आवश्यक कार्बाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाईएकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech