Close This

सर्लाही ३ मा साह र ३(क)मा कुशवाहको जीत निश्चीत रहेको दाबी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१९ गते   १२९७ पटक हेरिएको

सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नरेन्द्र साहकोे पक्षमा जनमत उर्लिएको छ । नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवारी दर्तासंगै चुनावी अभियानमा जुटेका नेता साहको पक्षमा  जनमत उर्लिएको हो ।
नेकपा(माओवादी केन्द्र),नेपाली कांग्रेस,नेकपा(एकिकृत समाजवादी) पार्टी लगायत पाँच दलिय गठबन्धनको तर्फबाट सर्लाही ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका साहको पक्षमा जनमत उर्लिएको हो । पाँच दलिय गठबन्धनबाट आफ्नो भागमा परेको सर्लाही ३ मा साहले जित्न सक्ने सम्भावन रहेका कारण आफ्नो उम्मेदवारी दिएका हुन् ।


स्थानीय निकायको निर्वाचनको नजितालाई आधार बनाएर पाँच दलिय गठबन्धनले प्रदेशसभा ३(क) नेकपा(एकिकृत समाजवादी)पार्टीको र ३(ख)मा नेपाली कांग्रेसको भागमा परेको सर्लाही ३ मा प्रतिनिधि सभा नेकपा(माअ‍ोवादी केन्द्र)को भागमा परेको हो । २०७० सालमा पनि समानुपातिकबाट प्रतिनिधि सभासदस्य भई सकेका साहलाई यस पटक प्रत्यक्षबाट प्रतिनिधि सभाको सदस्य बन्ने अवसर मिलेको छ ।
तर ३(क) मा नेकपा(एकिकृत समाजवादी) पार्टी भन्दा नेकपा(माओवादी केन्द्र)को बलियो जनमत रहेपनि उम्मेदवार भाग बण्डामा एकिकृत समाजवादीलाई परेपछि जवाहरलाल कुशवाहले आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । जसका कारण पनि नेता साहको जीत सुनिश्चीत रहेको एक नेताले बताए ।
नेता कुशवाहको स्वतन्त्र अभियानलाई पछिल्लो समय विभिन्न राजनैतिक दलहरुकानेता तथा कार्यकर्ताले खुलेरै सहयोग गर्न थाले पछि प्रतिनिधि सभामा साह र सर्लाही ३(क)मा कुशवाहको जीत करिब पक्का भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech