Close This

चतुर्भूजेश्वर जनता माविको स्वर्ण जयन्ती सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१० गते   ३४५ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका १० मा रहेको चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालय सुखेपोखरीले स्वर्ण जयन्ति मनाएको छ ।  चतुर्भूजेश्वरले स्थापनाको ५० बर्ष पुरा गरेको अवसरमा बिहिवार स्वर्ण जयन्ति मनाएको हो ।
वि.ंसं. २०२७ सालमा स्थापना भएको चतुर्भुजेश्वरले स्वर्ण जयन्तीको अवसरमा जग्गा दाता, बिद्यालयमा स्थापना काल देखी सेवा गर्ने शिक्षक शिक्षिका, ब्यवस्थापन समितिका पदाधिकारी, लगायत ४ सय ५० बन्दा धेरैलाई सम्मान समेत गरेको बिद्यालय प्रशासनले जनाएको छ । 
यसैविच विद्यालयमा अध्ययन गरी राष्ट्रको उच्च पदस्थ पदमा पुग्न सफल पूर्व विद्यार्थी लगायतलाई समेत सम्मान गरिएको मूल आयोजक समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तकुमार ब्लोनले बताउनुभयो  । सर्लाही निर्वाचन क्षेत्र न.ं ३ (क)बाट निर्वाचित प्रदेश सभा सदस्य डिल्ली उप्रेतीको प्रमुख आतिथ्यतामा भएको स्वर्ण जयन्ती समारोहमा संविधान सभा सदस्य नरेन्द्र साह लगायत जनप्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।
त्यसैगरि बिद्यालयको स्वर्ण जयन्तीको अवसरमा पुर्व सभासद् साहले बिद्यालयमा खानेपानीको व्यावस्था गरिदिनु भएकोछ । पुर्व सांसद् साहले आफ्नो ब्यक्तिगत लगानिमा डिप बोरिङ गाडेर खानेपानीको व्यावस्था गरिदिनु भएको हो । विद्यालयको स्वर्ण जयन्ती सम्पन्न गर्न करिव २० लाख खर्च अनुमान गरिएको बिद्यालयका शिक्षक पुस्कर बुढाथोकीले जानकारी दिनुभयो । स्वर्ण जयन्ती सम्पन्न गर्न  हरिवन नगरपालिकाले रु १० लाख रुपैयाँ सहयोग गरेको छ ।
स्थानीय शिक्षा प्रेमी जनप्रतिनिधि लगायको उल्लेख्य सहभागितामा स्वर्ण जयन्ती सफलतापुर्वक सम्पन भएको शिक्षक बुढाथोकीले बताउनु भयो । विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुत देखाएका स्वर्ण जयन्तिमा पूर्व सांसद साह, जिल्ला समन्वय समितिकी उपप्रमुख जमुना पौडेल, हरिवन नगरपालिकाकी उप–प्रमुख रेणुका पौडेल, हरिवन नगरपालिका १० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली लगायतको आतिथ्यता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech