Close This

तीनजना मानिसहरु सहित खयरको काठ,ट्रक र चालक प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-६ गते   १४५ पटक हेरिएको

 सिन्धुलीको सुनकोशी गाउँपालिका २ साँदीखोलाबाट प्रहरीले खयरको काठ सहित ट्रक र  चालकलाई नियन्त्रणमा लिएको छ । 
आज सिन्धुलीको सुनकोशी गाउँपालिका २ साँदीखोला स्थित विभिन्न व्यक्तिहरुको जग्गामा कटान गरिएको टाँचा, नम्बर नभएको करिब ८० क्यूविफिट खयरको काठ सहित ट्रक र चालक नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय खुर्काेटका प्रहरी प्रमुख प्रहरी निरिक्षक अनिलराज गिरीले जानकारी दिनु भयो । उहाँका अनुसार उक्त काठ वनका कर्मचारी बिना नै ट्रकमा लोड गरेको अवस्थामा फेला पारीएको हो ।
प्रदेश ३–०१–००६ ख ०९१० नम्बरको ट्रक र चालकका साथै काठ लोड गर्ने मानिस सहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक गिरीले बताउनुभयो । नियन्त्रणमा लिएको ट्रक र चालकका साथै काठ सहित तीनैजना मानिसलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सुनकोशी, रातामाटा पठाईएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech