नेपालको झण्डा फालेको होईन सुरक्षित गरेको हुँ : निवर्र्तमान मन्त्री सिंह

460 Shares

नेपाली कांग्रेस मधेश प्रदेश समितिका उप सभापति एवम प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री विरेन्द्र प्रसाद सिंहले आफुमाथि अनावश्यक मिडिया ट्रायल भएको भन्दै आपत्ति जनाएका छन्।मधेश प्रदेशमा हाल भइरहेको राजनीतिक तनाव र आन्दोलनका बीच सामाजिक सञ्जालमा फैलिएका भ्रामक समाचारका सम्बन्धमा उनले जनतालाई संयमित रहन आग्रह गरेका हुन ।
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले गैर संवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेपछि सात राजनीतिक दलहरूले विरोध प्रदर्शन गरेका र सो क्रममा उतेजित आन्दोलनकारीहरुले केही वस्तु तोडफोड गर्न खोज्दा आफुले कार्यालयको टेबलको छेउमा रहेको नेपालको राष्ट्रिय झण्डालाई सुरक्षित राख्ने उद्देश्यले पर्खाल तर्फ सारेको भएपनि विभिन्न मिडियाहरुले आफुमाथि अनावश्यक मिडिया ट्रायल गरेका कांग्रेस मधेश प्रदेश समितिका उप सभापति एवम प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री सिंहले बताए।उनका अनुसार आफुले झण्डा फालेको नभई तोडफोड हुने शंकेत देखेपछि सुरक्षित गर्न अन्यन्त्र सारेको भएपनि केही व्यक्तिहरूले “झण्डा फालिएको”भनेर सामाजिक सञ्जालमा गलत रूपमा प्रचार गरेको भन्दै आपत्ति जनाए।
नेपाल राष्ट्र र राष्ट्रिय झण्डा प्रति मेरो उच्च सम्मान सदैव रहि आएको छ।भ्रामक समाचार र गलत प्रचारबाट जनमानसमा भ्रम सिर्जना भएको छ भने त्यसप्रति म खेद प्रकट गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूसँग यथार्थ तथ्यमा आधारित सूचना मात्र प्रसारण गर्न कांग्रेस मधेश प्रदेश समितिका उप सभापति एवम प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री सिंहले आग्रह गरेका छन् ।
 देश र प्रदेशका संवेदनशील विषयहरूमा भ्रामक समाचारको पछाडि नपरी शान्तिपूर्ण र जिम्मेवार व्यवहार देखाउनु सबैको कर्तव्य रहेको उनले बताए ।तर समाजिक सञ्जालहरुमा देखिएको भिडियोमा कांग्रेस मधेश प्रदेश समितिका उप सभापति एवम प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री सिंहले झण्डा सुरक्षित नगरेर राखिएको ठाउँबाट झिकेर फ्याँकेको नै देखिन्छ ।

सम्बन्धित समाचार