सिन्धुलीको दुधौली नगरपालिका ४ मा नेकपा(एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले आज(शनिबार)पुस्कर दाहालको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटि गठन गरेको छ ।
नेकपा (एमाले) केन्द्रीय सदस्य एवंम जिल्ला ईन्चार्ज विषमलाल अधिकारी(दनुवार)को प्रमुख आतिथ्यता ,युवा संघ नेपाल सिन्धुलीका संयोजक देवराज वाईबा र नेकपा (एमाले)प्रदेश कमिटि सदस्य डम्बर कार्कीको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
नेकपा (एमाले)ुदधौली नगर कमिटि अध्यक्ष लक्ष्मण कार्की, जिल्ला कमिटि सदस्य तिर्थ बराल, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य लाल बहादुर बुढाथोकी, युवा नेता तथा दुधौली नगरपालिका २ का वडा अध्यक्ष रितेश राउत लगायत युवा संघका नेता तथा नेकपा एमालेका स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा भेला सम्पन्न भएको राष्ट्रिय युवा संघ नेपाल सिन्धुली जिल्ला कमिटि संयोजक वाईबाले कमलामाई मिडिया प्रालिलाई जानकारी दिनुभयो । उहाँका अनुसार नव गठित वडा कमिटिलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले सफल कार्यकालको शुभकामना तथा बधाई समेत दिएका छन् ।