Close This

हरिपुरमा प्रदेश स्तरीहरिपुरमा प्रदेश स्तरीय भलिबल प्रतियोगीता सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-२८ गते   ३१३३ पटक हेरिएको

सर्लाहीको हरिपुर नगरपालिका ७ मा प्रदेश नम्बर २ स्तरीय भलिबल प्रतियोगीता सुरु भएकोछ । लक्ष्मीनाथ महादेव विकास समितिले हरेक वर्ष लगाउँदै आएको चिताइन मेलाको अवसर पारेर आयोजना गरिएको महोत्सव कै अवसरमा हरिपुर नगरपालिका र लक्ष्मीनाथ महादेव विकास समितिको संयुक्त आयोजनामा प्रदेश दुई स्तरीय भलिबल प्रयोगीताको आयोजना गरिएको हो ।
लक्ष्मीनाथ युवा क्लबका अध्यक्ष नरहरी धामीको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर १(ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा शुक्रबार एक कार्यक्रमको आयोजना गरि प्रतियोगीताको उद्धघाटन गरिएको आयोजकले बताएको छ ।


प्रतियोगीतामा प्रदेश २ का ८ वटै जिल्लाहरुका र आयोजक सहित गरेर १२ वटा क्लबको सहभागीता रहेको हरिपुर नगरपालिका ७ का वडा अध्यक्ष हृदय नारायण पजियारले जानकारी दिनु भयो ।
चैत्र २ गतेसम्म चल्ने प्रतियोगीताको उद्धघाटन कार्यक्रममा हरिपुर नगरपालिकाका नगर प्रमुख जमरुदिन मन्सुर,नगर उप प्रमुख रेणुका काफ्ले,पुर्व सांसद रामचन्द्र चौधरी,महिला नेतृ हरिमाया थिङ,मनोज आर्चाय फाण्डेशनका अध्यक्ष मनोज कुमार आर्चाय,नेकपाका नेता सुरेन्द्र लामा लगायत जनप्रतिनिधिहरुका साथै विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु रस्थानिय समाजसेवीहरुको विषेश उपस्थिती रहेको खेल प्रेमी सुभाष काफ्लेले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech