बागमती नगरपालिका १ को चुरेभेगस्थित हिरिरे डाँडामा बिजुली पुग्यो

1.6k Shares

सर्लाहीको बागमती नगरपालिका १ हिरिरे डाँडामा बिजुली वत्ति पुगेपछि स्थानीय खुसी भएका छन् । बागमती नगरपालिकाको सबैभन्दा विकट क्षेत्र मानिने हिरिरे डाँडामा चाडपर्वको मुखैमा पहिलो पटक बिजुली बत्ती पुगेपछि स्थानीय खुसी भएका हुन् । 
बागमती नगरपाकिला १ को कच्ची गोरेटो बाटो भइ पैदल हिँडेर जानुपर्ने चुरेभेगस्थित हिरिरे डाँडामा बिजुलीबाट ६० भन्दा बढी घरधुरी लाभान्वित भएका बागमती नगरपाकिला १ का वडाध्यक्ष गम्भिरसिंह पाख्रिनले जानकारी दिए ।
यअसघि बिजुली नपुग्दा स्थानीय टुकी बत्ती र सोलारको भरमा रात कटाई रहेका थिए । “बिजुली नहुँदा अधिकांश स्थानीय टुकी बत्ती बालेर रात काट्न बाध्य थिए,आर्थिक अवस्था सबल भएका केहीले मात्रै सोलार बत्ती बाल्ने गर्थे,अहिले बिजुली पुग्यो,स्थानिय खुसी छन् ।” वडाध्यक्ष पाख्रिनले बताए ।
बागमती नगरपालिका १ चुरेभेगस्थित हिरिरे डाँडा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको ठूलो कौवासँगै सीमा जोडिएको बस्ती हो । गाउँमा बिजुली नहुँदा स्थानीय मोवाइल चार्ज गर्नदेखि विद्युतबाट हुने अन्य काम गर्न लामो समय लगाएर चुरेडाँडा तलको बस्तीमा झर्न बाध्य थिए ।
एक वर्षको प्रयासपछि हिरिरे डाँडामा बिजुली पु¥याइएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख संजिव कुमार साहले बताए । उनका अनुसार २५ केभीको ट्रान्सफर्मर लगेर जोडेपछि शुक्रबारबाट बागमती नगरपालिका १ चुरेभेगस्थित हिरिरे डाँडामा बत्ती बल्न थालेको छ । एक वर्षको अथक प्रयास पछि बागमती नगरपालिका १ चुरेभेगस्थित हिरिरे डाँडामा बत्ती पुगेको र केहीले मिटर समेत जडान गरि सकेका र केहीले मिटरको फारम भरेका विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले जनाएको छ ।
बागमती नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तान,वडाध्यक्ष पाख्रिन,वितरण केन्द्र लालबन्दीका प्रमुख साह लगायतले बागमती नगरपालिका १ चुरेभेगस्थित हिरिरे डाँडामा ट्रान्सफर्मर जडान गरि विद्युत उद्घाटन गरेका हुन । उद्धघाटन कार्यक्रममा पुगेका जनप्रतिनिधिहरुका साथै विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख लगायत कर्माचारीहरुलाई स्थानीयले अविर र खादा लगाएर स्वागत गरेका थिए । 
यससंगै विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले हेर्ने ६ वटा स्थानिय निकायका ६० वटै वडामा पूर्ण विद्युतीकरण भएको वितरण केन्द्र प्रमुख साहले बताए । उनले केही वडाहरुमा विद्युतीकरणको काम बाँकी थियो अहिले पुरा भयो । अब विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले हेर्ने ६ वटै स्थानिय निकायका ६० वटै वडामा पूर्ण विद्युतीकरण भएको छ ।

सम्बन्धित समाचार