सर्लाहीको ईश्वरपुर नगरपालिकामा खुलेको आँखा अस्पताल मंसिर ११ गते उद्धघाटन हुने भएको छ।इश्वरपुर नगरपालिका ९ स्थित स्थापना गरिएको आँखा अस्पताल नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मंसिर ११ गते आँखा अस्पताल उद्धघाटन गर्ने इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।उनका अनुसार आँखा अस्पतालको उद्धघाटन गर्दै सोही दिन आँखाका बिरामीहरुसंग अन्र्तक्रिया कार्यक्रम गर्ने तयारी भएको छ।
त्यसैगरी सोही दिन नगर अस्पतालमा किडनीको समस्या भएका बिरामीहरुको डाइलेसिस सेवा र पाठेघरको अपरेशनको समेत निःशुल्क व्यवस्थापन गरिने नगर प्रमुख आचार्यले बताए ।उनले आफुले नगरवासीमा स्थानिय सरकारको अनुभुती गराउन हरेक किसिमको विकास निर्माण कार्य तिव्र गतिमा बढाइ रहेको नगर प्रमुख आचार्यले बताए।अहिलेलाई स्वास्थ्य,शिक्षा,कृषी र खानेपाली लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।