सर्लाहीको क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहलाई स्थानीयले लखेटेको छन्।धनकौल गाउँपालिका २ मा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन सर्लाही आएका प्रतिनिधि सभा सदस्य डा.सिंहले विवादास्पद,उत्तेजित र द्वन्द फैलाउने अभिव्यक्ति दिए पछि उनलाई आक्रोसित स्थानीयले लखेटेका हुन ।
स्थानीयले लखेटेपछि धनकौल गाउँपालिका २ मा लुकेका प्रतिनिधि सभा सदस्य डा.सिंहलाई बाहिरि निकाल्ने क्रममा स्थानीय र प्रहरीविच झडप समेत भएको पाइएको छ । झडपमा केही स्थानीय र केही प्रहरी समेत घाइते भएका छन् ।
विवादास्पद,उत्तेजित र द्वन्द फैलाउने खालका अभिव्यक्ति दिए पछि आक्रोसित स्थानीयले सांसद डा.सिँह विरुद्ध नारावाजी गर्दै घेरेपछि उनी भागेर घरमा लुकेका थिए ।उनलाई ठुलो संख्यामा प्रहरी परिचालन गरि गन्तव्य तर्फ पठाईएको प्रहरीले जनाएको छ ।
यता,सर्लाही क्षेत्र नम्बर ४ काप्रतिनिधि सभा सदस्य डा.सिंहले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ।“धनकौल गाउँपालिका निवासी बिलासी साहको घरमा बसेर छलफल र खानाको कार्यक्रम चलिरहदा सोही गाउँपालिका अध्यक्ष रामाश्रय साहका छोरा र नेपाली कांग्रेस सर्लाही का सभापति सुरेन्द्र प्रसाद सिंह का छोरा तथा प्रदेश सभा सदस्य बिरेन्द्र प्रसाद सिंह को भतिजले सिकेको संस्कार आज प्रस्तुत गरेका छन।अरुको घर अगाडि आएर आफ्नो गुण्डागर्दी शैली प्रस्तुत र ढुंङ्गा मुढा गरेका छन्।”