स्राेत नखुलेकाे आठ लाख शसस्त्र प्रहरीद्वारा बरामद्

654 Shares

शंखर पहाडी(गाैरब
 सर्लाहीकाे मलंगवा नगरपालिका ८ बाट स्रोत नखुलेको करिब आठ लाख नगद शसस्त्र प्रहरीले  बरामद गरेको छ। 
मलंगवा नगरपालिका-८ भन्सार इलाकाबाट सशस्त्र प्रहरीले रु आठ लाख नगद र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति हसस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीले जानकारी दिए ।   उनका अनुसार मलंगवा नगरपालिका ८ स्थित भन्सार ईलाकाबाट बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकल सहित स्राेत नखुलेकाे रु आठ लाख नगद् भारतबाट अवैध रूपले नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद् गरिएको हाे । 
बरामद् भएकाे नगदमा हजारका रु सात सय थान र पाँच सयका रु दुई सय थान स्राेत नखुलेकाे नेपाली रुपैयाँ बरामद गरेको शसस्त्र प्रहरीले जनाएको छ । 
नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाइएको शसस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताए ।
खुल्ला सिमानाका कारण मधेश प्रदेशका जिल्लाहरुमा गैर कानुनी कार्य अत्यधिक हुने गरेकाे प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार