सर्लाहीको लालबन्दी नगरपालिका भित्रका फरक शारीरिक क्षमता तथा समाजिक अवस्थाका बीच समाजमा सक्रिय तथा अनुकरणीय कार्य गर्दै आएका नौ जना महिलाहरुलाई लालबन्दी जेसीजले कदर–पत्र सहित सम्मान गरेको छ । हरेक वर्ष मार्च ८ का दिन विश्वव्यापी रुपमा मनाईने ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर लालबन्दी जेसीजले एक कार्यक्रम मार्फत फरक शारीरिक क्षमता तथा समाजिक अवस्थाका बीच समाजमा सक्रिय तथा अनुकरणीय कार्य गर्दै आएका नौ जना महिलाहरुलाई कदर–पत्र सहित सम्मान गरेको लालबन्दी जेसीजका महासचिव कोमलहरी गौतमले जानकारी दिए ।

उनका अनुसार लालबन्दी नगरपालिका ६ स्थित पुरानो नगरपालिकाको सभाहलमा लालबन्दी जेसीजकी अध्यक्ष सुनिता कुमारी खरेलको अध्यक्षता एवम पूर्व मन्त्री तथा मधेश प्रदेश सभा सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने लगायत विभिन्न महिला अधिकारका क्षेत्रमा क्रियाशिल संघ÷संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो ।
“सबै महिला र छोरीहरूको लागिःअधिकार,समानता र सशक्तीकरण”भन्ने मुल नाराका साथ ११५ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्मानीत हुनेहरुमा फरक शारीरिक क्षमता भएर स्वास्थ्य सेवामा कार्यरत स्मिता उप्रेती र पदमा कुमारी आचार्य,फरक शारीरिक क्षमता भएर वित्तिय क्षेत्रमा कार्यरत मनिषा खडका,शिक्षण पेशामा कार्यरत तारा वाईवा,एकल महिला कर्मचारी आशादेवि पौडेल, विगत करिब सात वर्षदेखी मयूरी चालक पेशा गर्दै आएकी भएकी देवि वाईवा,रग्वी खेलकी राष्ट्रिय खेलाडी रोजिना पोखरेल र महिला प्रहरीहरू रेणु फुयाल र लक्ष्मि गोले रहेका छन् ।