सर्लाहीको बसवरियाबाट विभिन्न सामानहरु चाेरी गरेकाे आराेपमा २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बसबरिया गाउपालिका ५ मा रहेकाे सुबाेध चाैधरीकाे घरबाट विभिन्न प्रकारका सामानहरु चाेरी गरेकाे अवस्थामा ईलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको प्रहरीकाे टाेलीले २ जना मानिस सहित चाेरी हुदै गरेकाे सामान डिजे साउण्ड सिस्टम बरामद् गरेकाे ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
पक्राउ पर्नेमा बरहथवा नगरपालिका १७ का अन्दाजी वर्ष २१ का संजिव चाैधरी र बसबरिया गाउँपालिका ५ का अन्दाजी वर्ष २२ का अनिल साह रहेका छन् ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय बरहथवामा राखेर आवश्यक अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले बताउनु भयाे ।