कांग्रेस सभापति थापाद्वारा मण्डलको परिवारलाई सहयोग

194 Shares

सर्लाहीको गौडैता नगरपालिका¬–१० सिसौटियाका विवेक मण्डल परिवारलाई नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आर्थिक सहयोग गरेका छन्।असार २६ गते शुक्रबार प्रज्वलनशिल पदार्थ शरीरमा छर्कीएर आत्मदाहको प्रयास गरेका मण्डलको उपचारको क्रममा असार ३० गते कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको थियो ।
आफैले शरीरमा प्रज्वलनशिल पदार्थ छर्किएर आगो लगाउँदा जलेर मृत्यु भएका मण्डलको परिवारलाई कांग्रेस सभापति थापाले आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख आर्थिक सहयोग प्रदान गरेका नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा.सरोज कुमार राय यादवले जानकारी दिए।उनका अनुसार सभापति थापाले पठाएको रु एक लाख आर्थिक सहयोग नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम निवर्तमान मन्त्री वीरेन्द्र प्रसाद सिंहसहितका नेताहरुले मृतक विवेकको घरमै पुगेर उनकी श्रीमतीलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।आफ्नो निर्वाचन क्षेत्रको युवा भएकाले मण्डलको शुक्रबार १३ औँ दिनको पुण्यतिथी पारेर सभापति थापाले आर्थिक सहयोग गरेका हुन् । 

सम्बन्धित समाचार