Close This

ठक्कर दिई फरार बोलेरो प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-२७ गते   ३०३२ पटक हेरिएको

सर्लाही बागमती नगरपालिका ४ स्थित पुर्ब पश्चिम लोक मार्गमा भएको सवारी दुर्घटनमा संग्लग्न सवारी साधनलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ । ना ३ च ८०२८ नं. को गाडीले सोही स्थान निवासी पैदल यात्रि बागमती नगरपालिका १ बस्ने अन्दाजी वर्ष ४५ का तेज बिक्रम सुवेदीलाई ठक्कर दिई फारार भएको थियो । 
ठक्करबाट घाईते भएका सुवेदीको स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारको लागि बिरगंज पठाइएको भएपनि बिरगंजमा पनि सामान्य मात्र उपचार पछि थप उपचारको लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । 
ठक्कर दिई फरार रहेको सेतो रंङ्गको बलेरो गाडीलाई  सिसिटिभीको फुटेजलाई अनुसन्धान गर्ने क्रममा रौतहटको चन्द्रपुर नगरपालिका ९ सिन्धुरेघारीबाट नियन्त्रणमा लिएको अनुसन्धानमा खटिएका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरक्षक निर्मल थापाले जानकारी दिनुभयो ।
 अनुसन्धानमा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक थापा, ईलाका प्रहर िकार्यालय कर्मैयाका सई प्रविन भट्टराई र ईलाका प्रहरी कार्यालय चन्द्रपुर रौतहटका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछाने सहितको संयुक्त टोलीले ठक्कर दिईफरार रहेको बोलेरो सहित त्युका चालक चन्द्रपुर नगरपालिका ५ वस्ने अन्दाजी बर्ष  २१ का करण राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसनधान जारी राखेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राठौरले जानकारी दिनु भयो । नियन्त्रणमा लिइएको बोलेरो ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेकोसर्लाही प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech