नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को मलंगवा नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । अनेरास्ववियु(क्रान्तीकारी)का रंजित महतोको अध्यक्षता तथा अखिल क्रान्तिकारी प्रदेश न–२ का सह संयोजक पुजन सिंहको प्रमुख आतिथ्यतामा प्रथम नगर सम्मेलन भएको हो ।
उक्त सम्मेलनले आकाश दासको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा बिरेन्द्र जयसवाल, सचिवमा रियवान खान,सह सचिवमा अविषेक झा र कोषाध्यक्षमा सनम कुमार यादव चयन भएका अखिल(क्रान्तीकारी) सर्लाहीका अध्यक्ष विवेक मैनालीले जानकारी दिनु भयो ।

नगर सम्मेलनमा विशिष्ट अतिथि नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य रामपृत यादव,लुमडी धिमाल ,अखिल क्रान्तिकारी सर्लाहीका अध्यक्ष मैनाली ,जिल्ला सदस्य नविराज खान लगायत नेकपा(माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसै सम्मेलनबाट संजिव यादवको संयोजकत्वमा ३० सदस्यीय सर्लाही क्याम्पस कमिटीको समेत चयन गरिएको वाइसीएलका जिल्ला कमिटी सदस्य गुलाम गौसले जानकारी दिनु भयो ।