शसस्त्र प्रहरीको अघोषित घुमुवा पत्रकार दुबे ? शसस्त्र प्रहरी डिआइजी ठाडा मगरलाई समेत बदनाम गराउँदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-७ गते   १९७८ पटक हेरिएको

शसस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनी पति शसस्त्र प्रहरी डिआइजी गणेश बहादुर ठाडा मगरले असुलीका लागि पत्रकारको प्रयोग गर्ने गरेको रहस्य बाहिरिएको छ । डिआइजी ठाडा मगरले बाराका पत्रकार उमेश दुबेलाई आफ्नो तर्फबाट कमिसन असुल्न प्रयोग गर्ने गरेका पाइएको हो ।डिआइजी ठाडा मगरले दुबेलाई सशस्त्र प्रहरीको सुराकीको रुपमा काम गर्न र भन्सार छलीका साथै अवैध काम गर्ने व्यापारीहरु तथा तस्कारहरुसंग कमिसन असुल्नमा प्रयोग गर्ने गरेका एक शसस्त्र प्रहरीले नै बताए । 
पत्रकार देशको चौथो अंगको रुपमा रहेको र निष्पक्ष भएर काम गर्नु पर्नेमा केही पत्रकारहरुले गर्दा पत्रकारिता पेशा नै बदनाम हुने गरेको छ । बाराका पत्रकार दुबेले  यसलाई स्पष्ट पारी दिएका छन् । जसबाट पत्रकारीता पेशा बद्नाम भएको छ । उनले शसस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनी पति शसस्त्र प्रहरी डिआइजी ठाडा मगर आफ्नो मान्छे रहेको बताउँदै बारा र पर्सामा आतंक नै मच्चाएका एक शसस्त्र प्रहरी अधिकारीले बताए ।
उनका अनुसार बारा र पर्सामा कसैलाई पनि तस्करीको लाइन खुलाउन सम्पर्क गर्नु पर्ने भनेको पत्रकार दुबे रहेका छन् । उनलाई भनेपछि सशस्त्र प्रहरी मात्र लाइन खुल्ने गरेको छ । नत्र उनले डिआइजी ठाडा मगरसंग कुरा लगाइदिने गरेका छन् । जसका कारण पनि आफुहरुलाई काम गर्न समसया भएको उनले बताए ।
बाराका तस्करहरु भोला मियाँ,मनहर,सन्तोष साह,खेना,बिजय लगायतका तस्करहरुसंग बाराको जोतपुर गमहरिया घर भई वीरगञ्ज बस्ने आफुलाई पत्रकार बताउने दुबेले डिआइजी ठाडा मगरको सुराकीको काम गर्ने गरेका छन् । डिआईजी ठाडा मगरले आफुलाई आफ्नो  घुमुवाको रुपमा राखेको बताउँदै शसस्त्र प्रहरीहरुसंग कमिसन असुल्ने र तस्करहरुको लाईन मिलाउने काम गरेका पाइएको हो ।
उनले बाराको छतवा बरैनिया नाकाबाट भोला मियासंग रु १ लाख लिई तस्करीको लाईन संचालन गराएको समेत पाइएको छ । शसस्त्र प्रहरी बल नेपाल १२ नम्बर हे.क्वा.गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापासंग आग्रह गर्दै  तस्कर मियाको लागी ति पत्रकार दुवेले तस्करीको लाईन सुचारु गराएको शसस्त्र प्रहरी अधिकारीहरु नै बताउँछन् ।
देशको सिमा सुरक्षाको जिम्मेवारी लिएको शसस्त्र प्रहरी र पत्रकार दुवेले बाराको छतवा बरैनिया नाकाबाट रातको समयमा मोटरसाईकलबाट भन्सार छलीका कपडा लगायतका सामाग्री भन्सार छली पुरैनिया सम्म पुर्याउने गरेका छन ।
पुरैनियाबाट पिकअपको माध्यमबाट नेपालको विभिन्न स्थानमा भन्सार छलीको सामान सहज तरिकाबाट जाने गरेको एक तस्करले नाम नबताउँने सर्तमा बताए । आफुलाई पत्रकार भनेर चिनाउने दुबेले शसस्त्र प्रहरीको संगठन प्रमुखसंग राम्रो सम्बन्ध रहेको र आफुलाई कमिसन दिए तस्करी गर्न सहज गरिदिने बताउँदै हिडेका समेत पाइएको छ ।
आखिर को हुन ति पत्रकार दुबे ?
ति पत्रकार दुबे, बाराको जोतपुर गमहरिया घर भई हाल वीरगञ्जको प्रतिमा चौक नजिकै घर बनाई बसोबास गर्दै आएका छन् । उक्त घर निर्माण कार्यमा तस्कर र शसस्त्र प्रहरीबाट अवैध असुली गरी घर निर्माण गरेको उनका अति निकटतम एक साथीले बताए । उनका अनुसार ती पत्रकार दुबेले आफ्नो घर प्रवेश पुजामा शसस्त्र प्रहरीका अधिकृतहरुलाई बोलाई तस्करहरुसंग रकम असुली समेत गराएका थिए । बाराबाट तस्करीको लाईन खोलाए वापत शसस्त्र प्रहरीका प्रमुखहरुबाट ग्यास सिलेन्डर,पंखा,टायल्स लगाएत घर निर्माणको समाग्रीहरु खरिद गराएको एक शसस्त्र प्रहरी अधिकारीको भनाई छ ।
तस्करहरुबाट दाल,चामल,नुन,तेल लगायत घरेलु प्रयोजनमा आउने खाद्यान्य समाग्रीहरु दैनिक खरिद गर्न लगाउने गरेको एक तस्करको भनाई छ । पटक पटक प्रहरी हिरासतमा रहेका पत्रकार दुबे तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तको कार्यकालमा प्रहरी उपरिक्षककै नाममा भारतिय तस्करसंग रकम असुली गरेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरि हिरासतमा राखेर मुद्धा समेत चलाइएको थियो ।
तस्करहरुसंगको साँठगाँठको कारण पक्राउ गरेपनि ति पत्रकार दुबेको आफनै काका ससुरा वडाध्यक्ष रहेका र उनको दबावका कारण अभद्र व्यवहारमा मुद्धा चलाइएको थियो ।त्यसको केही समयपछि पुनःएक पत्रकारलाई समाजिक संजालमा अपशब्द लेखेपछि प्रहरीले फेरी मुद्दा चलाएकोे थियो । सो मुद्दाका कारण करिब दुई महिना उनी फरार रहेपनि पछि पर्सा पत्रकारितामा गुटको फाइदा उठाउँदै उनी उनमुक्ति पाउन सफल भएका थिए ।
सो समयमा उनीमाथी पत्रकार महासंघ पर्सा शाखाको पहलमा नै मुद्दा दर्ता भएको थियो । तर पत्रकार महासंघको प्रतिपक्षमा रहेका एक पत्रकारका कारण नै उनलाई दुई महिनापछि उनमुक्ति दिलाइएको थियो ।
पत्रकार अचारसंहिताको ख्याल नगरी कसैको बारेमा केही लेखिदिने र आफ्ना सहयोगी एक जना मार्फत समाजिक संजालमा सेयर गराएर प्रतिष्ठित व्यक्तिहरुलाई समेत उनले बदनाम गर्ने गरेका कारण पत्रकार र प्रहरी लगायतका विभिन्न पेशका व्यक्ति उनीबाट हैरान भएका छन् । यदी शसस्त्र प्रहरी डिआईजी ठाडा मगरले उनलाई घुमुवा राखेका होइनन् भने शसस्त्र प्रहरी डिआईजी ठाडा मगर पनि बद्नाम हुने निश्चीत छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech