Close This

भूमि आयोग सर्लाहीका पदाधिकारीहरुद्धारा प्रजिअ गौतमसंग भेटबार्ता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-२२ गते   २७९१ पटक हेरिएको

 राष्ट्रिय भूमि आयोग सर्लाहीका अध्यक्ष तथा सदस्यहरुले  सर्लाहीका  प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई भेटेका छन् । भर्खरै नियुक्त भएका आयोगका पदाधिकारीहरुलेप्रमुख जिल्ला अधिकारी गौतमलाई भेटि जिल्लाको अवस्था बारेमा छलफल गरेका छन् ।
भरखरै नियुक्ति पाएपछि पहिलो काम अन्तर्गत आयोगका अध्यक्ष एवम सदस्यहरुले प्रमुख जिल्ला अधिकारी गौतमसँग भेटघाट तथा कसरी कामलाई अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनु भयो ।
नेपाल सरकारले केही दिअघि मात्र राष्ट्रिय भूमि आयोग सर्लाहीको अध्यक्षमा सर्लाही कै चन्द्रप्रकाश वाग्लेलाई नियुक्त गरेको छ । त्यस्तै, आयोगको सदस्यहरुमा  मदन विश्वकर्मा, रणधीर यादव र अन्जु पौडेल नियुक्त भएका छन् ।
आयोगले सर्लाहीमा भूमिहिन सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउनेदेखि अव्यवस्थित बसोवासीहरुलाई व्यवस्थिति किसिमले बसोवासका लागि प्रवन्ध मिलाउन पहल गर्ने आयागका अध्यक्ष वाग्लेले बताउनु भयो । आयोगको जिल्ला समितिमा नापी कार्यालयका प्रमुख सदस्य सचिव तथा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, भूमिसुधार तथा मालपोत र वन कार्यालयका अधिकृत स्तरका कर्मचारी सदस्य रहने व्याववस्था रहेको छ । राष्ट्रिय भूमि आयोगको यसअघिको समितिले लालबन्दी, हरिवन, ईश्वरपुर, बागमती, हरिपुर, बरहथवामा भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासको फारम भर्ने काम गरिसकेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech