सर्लाहीका दुई स्थानमा भएको मोटरसाईकल दुर्घटनामा एकको मृत्यु पाँच घाईते

333 Shares

सर्लाहीका विभिन्न दुई स्थानमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना घाईते भएका छन्। हरिवन नगरपालिका १० सुखेपोखरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ भने एक जना तथा हरिपुर नगरपालिका ८ मा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुईवटा मोटरसाईकलका चार जना गरी पाँच जना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हरिवन नगरपालिका १० सुखेपोखरी क्याम्पस नजिकै प्रदेश ०२ ०३ ०१९ प ५४०८ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार हरिवन नगरपालिका १० कै वर्ष १४ की दिपिका बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।बालिकालाई हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।साइकललाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा बागमती नगरपालिका १ का अन्दाजी वर्ष १६ का सविन भुजेल गम्भीर घाइते भएका छन् 
त्यसैगरी सर्लाहीको हरिपुर नगरपालिका ८ स्थित नवलपुर मलंगवा सडक खण्डमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा चार जना घाईते भएका छन्।नवलपुर मलंगवा सडक खण्डमा नवलपुरबाट मलंगवा तर्फ जाँदै गरेको बिआर ०६ सीके ६४३२ नम्बरको मोटरसाईकलले मलंगवाबाट नवलपुर तर्फ आउदै गरेको ना ३२ प २८०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुवै मोटरसाईकलका चालक र सवार गरी चार जना घाईते भएका हुन 
प्रहरीका अनुसार नवलपुरबाट मलंगवा तर्फ जाँदै गरेको बिआर ०६ सीके ६४३२ नम्बरको मोटरसाईकलका चालक र सवार भारतको जिल्ला सितामाढी भवदेवपुर ग्रामपञ्चायत १ का अन्दाजी वर्ष ३३ का प्रसान्त कुमार दास र सोही ठाउँका अन्दाजी वर्ष २५ का सुमन्त कुमार तथा ना ३२ प २८०२ नम्बरको मोटरसाई कलका चालक भारतको सितामाडी सवई बस्ने अन्दाजी वर्ष ५५ का तुलसी साह र सोही मोटरसाईकलमा सवार बागमती नगरपालिका १२ बस्ने अन्दाजी वर्ष ४५ का उपेन्द्र भनिने त्रिचन्द्र साह घाईते भएका हुन।घाईतेहरुको उपचार भई रहेको छ भने दुर्घटनामा संग्लग्न सवारी साधनहरु प्रहरीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार