Close This

बर्तमान अवस्थामा काँग्रेस सरकारमा जान हतारिनु हुदैन ःनेता थापा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-१९ गते   ३०६ पटक हेरिएको

   नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले काँग्रेस अहिलेकै अवस्थामा सरकारमा जान नहुने बताउनु भएको छ । सर्लाहीको धनकौलमा नेपाली काँग्रेसले आयोजना गरेकोे आमसभालाई सम्बोधन गर्न सर्लाही आउनु भएका नेता थापाले यस्तो बताउनु भएको हो ।
 पुर्व मन्त्री समेत रहनु भएका नेता थापाले नेकपा भित्र भाँडभैलो मच्चिएको बेला काँग्रेस सरकारमा जान हतारिनु नहुने बताउनु भयो । पुस ५ गते भन्दा अघि भएका  सबै खाले  गल्तीको पुष्पकमल दाहाल  (प्रचण्ड) र माधवकुमार नेपालले जिम्मेवारी लिनुपर्ने पनि नेता थापाले बताउनु भयो । 
     प्रधानमन्त्री केपी  शर्मा ओली आफैंले  सुरक्षा चिन्ता गर्नुले आफू अचम्मित भएको बताउँदै सुरक्षा घेरामा रहेका प्रधानमन्त्री ओली आफैँले आफुलाई असुरक्षित महसुस गरेको बताउँदै गर्दा नेपाली जनता झन असुरक्षित रहेको उहाँको भनाई छ ।
आफ्नै प्रधानमन्त्रीको सुरक्षा गर्न नसक्ने यो सरकारबाट नागरिकले के सुरक्षाको आश भरोसा गर्ने ? प्रधानमन्त्री आफै सुरक्षा माग्दै हिड्न थाल्नु भएको छ, प्रधानमन्त्री ओलीको बोलीमा अब कुनै तुक छैन, जताततै जुनसुकै बेला जे पनि  बोलेर हिड्नु हुन्छ । उहाँले रोजेको  प्रतिगमनको बाटोलाई अदालतले ठेगान लगाई दिएपछि प्रधानमन्त्री रणभुल्लमा पर्नु भएको नेता थापाको ठहर छ । अब निर्वाचन आयोगले नेकपा भित्रको विवादलाई  चाँडै टुंङगो लगाईदिएर  बाटो खोलि दिनुपर्ने उहाँले बताउनु भयो ।
   काँग्रेसलाई जनताले  सरकारमा जान भन्दा पनि प्रतिपक्षमा बसेर सरकारका गलत कामको खबरदारी गर्न मत दिएकाले प्रतिपक्षमा नै बसेर संविधानको रक्षा गर्नु पर्ने उहाँले  बताउनुभयो । वर्तमान अवस्थामा कांग्रेसले सरकारले गरेका कमि कमजोरी नेपाली जनताको माझमा पुर्याउनु आवश्यक रहेको उहाँले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech