महतोको अध्यक्षतामा २१ सदस्यीय उ.वा.संघ लालबन्दी निर्विरोध

370 Shares

उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा महेश कुमार महतो सहित २१ जना निर्विरोध निर्वाचित भएका छन्।संघको अध्यक्ष सहित कुनै पदमा अरु कसैको उम्मेदवारी नपरेपछि एकल उम्मेदवारी परेकाले लालबन्दी नगरपालिका ७ बजारमा रहेको महेश हार्डवेयरका संचालक समेत रहेका महतो सातौँ अध्यक्षमा निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक कल्याण कुमार जोशीले जानकारी दिए ।
उनका अनुसार उद्योग वाणिज्य संघ लालबन्दीको १० औँ अधिवेशन सहितको साधारण सभाको शनिबार उद्धघाटन भएको थियो।त्यसपछि सातौँ अध्यक्ष पदका लागि महतोको मात्रै उम्मेदवारी परेको र उम्मेदवारको दावी विरोध नपरेपछि निर्विरोध घोषणा गरिएको हो ।उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको भएपनि सो समयावधिमा कुनैपनि पदमा एक भन्दा बढी मानिसको उम्मेदवारी नपरेपछि निर्विरोध घोषणा गरि सोमबार साँझ उद्योग वाणिज्य संघ लालबन्दीका कार्यालयमा प्रमाण पत्र वितरण गरिएको निर्वाचन समितिले जनाएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद देवकोटा,उपाध्यक्षमा(उद्योग तर्फ) बिशाल थापा, उपाध्यक्षमा (वाणिज्य तर्फ)राजकुमार चौधरी,महासचिवमा गोपाल बहादुर श्रेष्ठ,कोषाध्यक्षमा बिक्रम खड्का,उप–महासचिवमा सन्जित शंकर,सचिवमा कमला कुमारी थापा र सह–सचिवमा सुधिर कुमार गुप्ता निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी देबकला कुमारी,ओमकुमारी थापा,रेबिका वि.क.,वर्षाकुमारी लामा,बिमलेश साह,दिलिप कुमार पाठक,पदम प्रसाद घिमिरे,कृष्ण बछार,आलोक कुमार कुशवाहा,किरण घिमिरे,मनोज श्रेष्ठ र कृष्ण कुमार सदस्यहरुमा चयन भएका छन् ।व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ लालबन्दीमा एक सय ७९ जना आजिवन सदस्य र सात सय ४५ जना साधारण सदस्य रहेका निवर्तमान अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकी(दिपक)ले बताए।तीन वर्षे कार्याकालका लागि अब उद्योग वाणिज्य संघ लालबन्दीको नेतृत्व महतोले गर्नेछन् ।

सम्बन्धित समाचार