सर्लाहीको ईश्वरपुर नगरपालिका ६, स्थित फूलजोर खोलाको किनारमा एक नवजात शिशुको शव फेला परेको छ ।
ईश्वरपुर नगरपालिका ६ स्थित फुलजोर खोलाको किनारमा अन्दाजी ७ महिनाको नवजात शिशु ९छोरी० को शव फेला परेको प्रहरीले जनाएको छ ।
बयलवासबाट फूलजोर मन्दिर हुँदै रानिगन्जतर्फ निस्कने सडकको खोला किनारमा बोराभित्र पोको पारेर फालेको अबस्थामा एक नवजात शिशु शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बयलवासबाट फूलजोर मन्दिर हुँदै रानिगन्जतर्फ निस्कने सडकको खोला किनारमा बोराभित्र पोको पारेर नवजात शिशुको शव कसले फालेको हो भन्ने विषयमा आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान फोहोर ९कवाडी० संकलन गर्ने बालबालिकाले बोराभित्र शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
नवजात शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको ईलाका प्रहरी कार्यालय बयलवास केशरगन्जले जनाएको छ । उक्त शिशु अवैध सम्वन्धपछि जन्माएर फालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
ईश्वरपुर नगरपालिका १३ स्थित सागरनाथ वन क्षेत्रमा विगत करिब ४ महिना पहिला १७र१८ महिनाको नवजात शिशुको शव फेला परेको थियो । सो विषयमा प्रहरीको अनुसन्धान सुस्त देखिएको छ भने पहिलो घटना सेलाउन नपाउँदै अर्को घटना घटेपछि स्थानियले प्रहरीको अनुसन्धान माथि शंका गर्न थालेका छन् ।