सर्लाहीको हरिवन नगरपालिकाका निवर्तमान गणेश प्रसाद प्रसाई स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० मा पराजित हुनु भएको छ । २०७४ सालमा नगर प्रमुखमा निर्वाचित हुनु भएका प्रसाईलाइै नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक रमेश बुढाथोकी(कमल)ले पराजित गर्नु भएको हो ।
कुरा मिठा गर्ने र कमिसनमा लिप्त रहने गरेको आरोप लागेका निर्वतमान नगरप्रमुख प्रसाई नेकपा(एमाले)का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीका खास पात्र हुन । हरिवन नगरपालिका ११ बालुवाटारको सुकुम्बासी बस्तीमा हरिवन नगरपालिकाले विद्युतीकरण गर्न अवरोध गरेपछि निवर्तमान नगर प्रमुख प्रसाईले निर्वाचन हार्नु परेको नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटि सह सचिव विवेक मैनालीले बताउनु भयो । उहाँका अनुसार हरिवन नगरपालिका ११ स्थित सुकुम्बासी टोलमा विद्युतीकरणसहित जमिनको लालपुर्ज समेत वितरणमा निवर्तमान नगर प्रम्ुख प्रसाईले हस्तक्षप गरी अवरोध गरेका हुन ।
सो बस्तीका अधिकांश युवा नेकपा(माओवादी केन्द्रं)मा प्रवेश गरेपछि एमालेबाट निर्वाचित नगर प्रमुख प्रसाइँले बस्तीमा विद्युतीकरण गर्न अवरोध गरेको माओवादी केन्द्रले जनाएको छ । सो सुकुम्बासी बस्तीमा विद्युतीकरण नगर्न भन्दै विद्युत प्राधिकरण वितरण शाखा लालबन्दीलाई पत्र लेखेपछि आफूहरुले त्यसको प्रतिवाद गरेको माओवादी केन्द्र हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्तले बताउनु भयो । सो सुकुम्बासी बस्तीमा विद्युतीकरण नगर्न विद्युत प्राधिकरण वितरण शाखा लालबन्दीलाई पत्र लेखेपछि आफूहरुले त्यसको प्रतिवाद गरेको र सो बस्तीका मानिसहरु माओवादी केन्द्रसंग नजिक भएका हरिवन नगर कमिटिका अध्यक्ष पन्तले बताउनु भयो । उहाँका अनुसार बालुवाटारको नामले चिनिने सुकुम्बासी बस्तीमा करिब ९० परिवारको बसोबास रहेको छ ।
सो समस्याको विषयमा उर्जा मन्त्रालयमा आफुहरुले कुरा पुर्याएपछि ऊर्जामन्त्री पम्फा भुसाल सो बस्तीमै आएर विद्युतीकरणको काम गर्न निर्देशन दिनु भएको माओवादी केन्द्र हरिवनले जनाएको छ । उहाँले माओवादी केन्द्र सुकुम्बासी,गरीब निमुखाको पार्टी भएका कारण त्यस्ता नागरिकहरु वा बस्तीहरुमा राज्यले प्रदान गर्न सबै प्रकारका सेवा सुविधा पुर्याउन सरकार र आफ्नो पार्टी लागि पर्ने भन्दै सो बस्तीमा विद्युतीकरण गर्न विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीलाई निर्देशन समेत दिनु भएको छ ।
उहाँले बस्ती बसेको ठाउँमा विद्युतीकरण गर्नु राज्यको दायित्व भएकाले कसले राजनैतिक आग्रह पुर्वाग्रहका आधारमा के गरे गरेनन् त्यो राज्यलेमतलब गर्दैन राज्यले सबै नागरिकहरुलाई बराबर व्यवहार गर्ने बताउनु भयो ।
‘बस्तीको लालपुर्जा छ कि छैन भन्ने आधारमा नभएर नेपाली नागरिकताको आधारमा सुकुम्बासी बस्तीमा विद्युतीकरणको काम हुन्छ,’ मन्त्री भुसालले बताउनु भयो ।‘बिजुली नपुगेका बस्तीका नागरिकले नागरिकता सहित निवेदन दिए प्राधिकरणले बिजुली पुर्याउने उहाँले बताउनु भयो ।’
मन्त्री भुषालको निर्देशनपछि विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले सो सुकुम्बासी बस्तीमा विद्युतीकरणको काम सुरु गरि सकेको माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष पन्तले बताउनु भयो ।