२१ लाख बढीको सामान सहित सात वटा सवारी साधनहरु भन्सार बुझाइयो

513 Shares

सर्लाहीका विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएका रु २१ लाख भन्दा बढीका विभिन्न किसिमका भन्सार छलीका सामानहरु जिल्ला प्रहरी कार्यालय सर्लाहीले सर्लाही भन्सार कार्यालय मलंगवा बुझाएको छ ।जिल्लाका विभिन्न स्थानहरुबाट प्रहरीले नियन्त्रणमा लिएको जीप,कार र मोटरसाईकल सहित भन्सार छलीका विभिन्न सामानहरु आवश्यक कार्बाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार २१ लाख ४६ हजार दुई सय ९५ रुपैँया बराबरको विभिन्न किसिमका भन्सार छदीका सामानहरु सार्लही भन्सार कार्यालय मलंगवालाई बुझाएको हो ।WhatsApp Image 2024-05-25 at 7.46.49 PM (2).jpeg
विभिन्न मिति र समयमा जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका प्रहरी कार्यालयहरुबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा संकलन गरिएका सवारी साधन सहितका सामग्रीहरु आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।WhatsApp Image 2024-05-25 at 7.46.49 PM (3).jpeg
जिल्लाका विभिन्न स्थानहरूबाट अवैध रुपमा भन्सार छलेर छिमेकी देश भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा एक जना मानिस सहित विभिन्न किसिमका कपडा,किराना तथा कस्मेटिक समानहरु भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ।पाँच वटा मोटरसाईकल र २ वटा जीप,कार समेत रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी प्रमुख भएर प्रहरी उपरिक्षक सिंह आएदेखि भन्सार छलीका सामानहरु नियन्त्रणमा लिने काम व्यापक हुनुका साथै लागु औषध सहित मानिसहरु नियन्त्रणमा लिने काम व्यापक भएको छ ।

सम्बन्धित समाचार