सर्लाहीको हरिवन नगरपालिका –९ नयाँरोड स्थित बगैँचा रेष्टुरेन्टबाट दुई जना फरार अभियुक्तहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त बौद्ध काठमाण्डौमा दर्ता भएको बैकिङ कसूर र जिल्ला प्रहरी परिसर भक्तपुरमा ठगी सम्बन्धी मुद्दा दर्ता भएपछि फरार रहेका काभ्रेको नमोबुद्ध नगरपालिका–९ का अन्दाजी वर्ष ३८ का हरि बहादुर लामा र काभ्रेकै पनौती नगरपालिका–१३ का अन्दाजी वर्ष २९ का छेवाङ भन्ने सन्तोष तामाङलाई ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारी नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार मुद्धा दर्ता भएपछि लामो समयदेखि फरार रहेका उनीहरुलाई लुकीछिपी बसेको अवस्थामा विशेष सूचनाको आधारमा हरिवन नगरपालिका–९ नयाँरोड स्थित बगैँचा रेष्टुरेन्टबाट पक्राउ गरिएको हो ।पक्राउ परेका दुवै जनालाई सम्बन्धीत प्रहरी कार्यालय पठाईएको सर्लाही प्रहरीले जनाएको छ।स्रोतका अनुसार उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)को टोलीले समेत खोजी गरि राखेको थियो ।