सर्लाहीको हरिवन नगरपालिका ९ दनुवारी स्थित निर्माणाधिन अवस्थामा रहेको मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आयोजना गरिने भएको छ।हरिवन नगरपालिका ९ स्थित दनुवारीमा निर्माण सुरु भएर अलपत्र परेको मानव सेवाश्रमको भवन निर्माणार्थ फागुन २२ गतेदेखि २९ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आयोजना गरिने भएको हरिवन नगरपालिका ९ का वडा अध्यक्ष कोकिला नन्द उप्रेतीले जानकारी दिए ।
उनका अनुसार हरिवन नगरपालिका ११ सुर्ती विकास खेलमैदानमा सञ्चालन हुने महायज्ञबाट संकलन भएको रकमले हरिवन नगरपालिका ९ दनुवारी स्थित निर्माणाधिन अवस्थामा रहेको मानव सेवा आश्रमको भवन निर्माण गर्ने योजना बनाईएको छ ।सात दिनसम्म सञ्चालन हुने महायज्ञमा भागवत प्रवचन,धार्मिक अनुष्ठान,भजन–कीर्तन,विद्यालयका विद्यार्थीहरूका लागि योग शिक्षण तथा उत्प्रेरणात्मक कार्यक्रमका साथै विभिन्न सामाजिक सेवा कार्यक्रमहरू सञ्चालन गरिने हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बताए । “सडकमा बाँच्न बाध्य कुनै पनि व्यक्ति बिना आश्रय रहनु हुँदैन भन्ने योजना बनाएर सहयोगापेक्षी सडक आश्रित मानव मुक्त नगरपालिका बनाउँनु छ ।”नगर प्रमुख बुढाथोकीले बताए ।
आश्रमको भवन निर्माणका लागि संघीय तथा प्रदेश सरकारको बजेट समेत प्रयोग गरिने र टेन्डर प्रक्रिया छिट्टै अघि बढाइने घोषणा गर्ने तयारी गरिसकेको उल्लेख गर्दै नगर प्रमुख बुढाथोकीले सर्लाहीलाई नै यस्तो घोषणा गर्नुपर्ने आवश्यकता औंल्याए। मानव सेवा आश्रमलाई“सबैको साझा फुलबारी”भन्दै सहयोग गर्न आह्वान मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले आग्रह गरे।उनले “सक्नेले धेरै गर्नुस्,नसक्नेले थोरै गर्नुस्। सिमेन्ट, इँटा वा मुठ्ठी अन्न दान गर्नुस्।समाजसेवामा सबैको योगदानबाट मात्रै समाजसेवा सम्भव छ ।उनले बताए ।
हरिवन नगरपालिका ९ स्थित दनुवारीमा निर्माणाधिन अवस्थामा रहेको मानव सेवा आश्रमको भवन निर्माणका लागि करिब रु ११ करोड लाग्ने अनुमान गरिएको हरिवन नगरपालिकाकी उप प्रमुख हरिमाया घलानले बताईन् ।महायज्ञमा नगद तथा जिन्सी दुबै सहयोग स्वीकार गरिने महायज्ञ मूल आयोजक समितिका संयोजक माधवकुमार थापाले बताए । उनका अनुसार मानव सेवा आश्रमले मधेश प्रदेशभर सात सय १५ जना सडक आश्रित व्यक्तिहरूको उद्धार गरिसकिएको र चार सय एक जनाको पारिवारिक पुनर्मिलन गराइएको छ भने एक सय ६१ जनालाई मानव सेवाश्रममा आश्रित छन् ।
दुई सय ९९ जनाको हरिवनमा मात्रै उद्धार गरिएको छ भने दुई सय २९ जनाको पुनर्मिलन भइसकेको छ र ६० जना हाल आश्रममा आश्रित रहेका मानव सेवा आश्रम स्रोतले जनाएको छ।भवन निर्माण सम्पन्न भएपछि एक सय ५० जना सहयोगापेक्षी सडक आश्रितहरूलाई सेवा प्रदान गर्न सकिनेछ। मानव सेवा आश्रमले नेपालभर ७७ जिल्लामा सेवा विस्तार गर्दै आएको छ भने विदेशमा बेलायत,कतार र अस्ट्रेलियामा पनि सहयोग मागिएका सडक आश्रितहरूको व्यवस्थापन गरिरहेको छ।
वि.सं. २०६९ मा हेटौंडाबाट सुरु भएको मानव सेवा आश्रमले २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य लिएको छ।आश्रमले उद्धार, पालनपोषण,उपचार,संरक्षण तथा पारिवारिक पुनर्मिलनमार्फत असहायहरूलाई नयाँ जीवन दिन अहोरात्र खटिएको छ।
बेसहारा मानवहरुलाई सेवा प्रदान गर्न,सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको आधार तय गर्दै,मानविय स्मारक निर्माण सम्पन्न गर्न,माननवता प्रवद्र्धमा टेवा पु¥याउँदै योग,युवा विद्यार्थीहरुमा मानसिक स्वास्थ्य एवम् उत्प्रेरणामुलक कार्यक्रम सञ्चालन गर्न र आद्यात्मिक एवम् समाजसेवा पर्यटन प्रवद्र्धन गर्न श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।