हरिवनमा बस दुर्घटना हुँदा १७ घाईते,एकको अवस्था गंभिर

3k Shares

सर्लाहीको हरिवन नगरपालिका ९ स्थित पूर्व–पश्चिम लोकमार्गमा बस पल्टीँदा १७ जना घाइते भएका छन् । हरिवन नगरपालिका ९ स्थित पुर्व पश्चीम लोकमार्गमा(आज)मंगलबार दिउँसो करिब २ः३० बजे यात्रुबस पल्टिएको हरिवन प्रहरीले जनाएको छ । 
बस अनियन्त्रीत भई पल्टीदा बसमा सवार १७ जना यात्रु घाईते भएका ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र गिरीले जानकारी दिनु भयो । उहाँका अनुसार आज(मगंलबार) दिउँसो पश्चिमबाट पूर्वतर्फ आईरहेको ना.५ ख ५०५५ नम्बरको अग्नी बस दिउँसो करिब २ः३० बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो । तिब्र गतीमा रहेको बस अनियन्त्रीत भई पूर्व–पश्चिम लोकमार्गबाट तल खसेको छ ।
बसमा सबार १७ जना घाईते भएको र जसमध्ये एकजना गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको हरिवन स्थित नमूना अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको छ । करिब २५ जना सबार बस दुर्घटना हुँदा १७ जना घाइते भएका र घाइतेको संख्या थप हुन सक्ने प्रहरीको अनुमान छ । घाईतेहरुको अवस्थाबारे एकिन विवरण संकलनको काम भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार