नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवार नारायण काजी श्रेष्ठ आफ्नो चुनावी अभियान तिब्र बनाएका छन्। आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही ३ बाट उम्मेदवारी दिएका नेता श्रेष्ठले आफ्नो क्षेत्रमा घरदैलो, भेटघाट र संवादलाई केन्द्रमा राखेर अभिायन तिब्र पारेका हुन।स्थानीय तहबाटै मतदाताको आवाज सुन्ने र समाधानका प्रतिबद्धता प्रस्तुत गर्ने रणनीतिसहित मैदानमा उत्रिएका श्रेष्ठले विकास,सुशासन र रोजगारीलाई प्रमुख एजेन्डा बनाएका छन्।“विकासका योजनाहरू कागजमा मात्र सीमित नभई गाउँ–टोलसम्म पुग्नुपर्छ,” भन्दै श्रेष्ठले सडक,खानेपानी,शिक्षा र स्वास्थ्य सेवा सुदृढीकरणमा प्राथमिकता दिने बताए ।
तत्कालीन नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)को नेतृत्वमा रहेको सरकारको उप प्रधान एवम गृह मन्त्री हुँदा कडा रुपमा प्रस्तुत भएर पार्टी र आफ्नो शिर उच्चो बनाएका श्रेष्ठले स्थानीय उत्पादन र कृषि मूल्य शृंखला विस्तारमार्फत युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने योजना प्रस्तुत गरेका छन् ।
स्थानीय अगुवा,महिला समूह,किसान र युवासँग प्रत्यक्ष संवाद गर्दै उप प्रधान एवम गृह मन्त्री हुँदा आफुले खेलेको भूमीका,मिटर व्याज पीडित किसानहरुका सवालमा खेलेको भूमीका सर्लाही ३ का जनताका घरघरमा पुगेर सुनाउने काम चुनावी अभियानको क्रममा भई रहेको पाइएको छ ।
आफ्नो भन्ने पार्टी र जनता मात्रै रहेका नेता श्रेष्ठले सर्लाही ३ को सिँचाइ, शिक्षा, स्वास्थ्य ,रोजगारी,स्थानीय उत्पादनको बजार लगायतका सवालमा आफु गम्भीर भएको बताएका छन् ।“सरोकारवालासँग सहकार्य गरेर योजनाको कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्छु,सुशासनका लागि सत्तीसाल बनेर उभिने मेरोे अठोट छ।” उनले भने ।
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को संगठनात्मक संरचना र कार्यकर्ताको सक्रियताले अभियानलाई थप ऊर्जा दिएको छ ।सर्लाही ३ का सबै क्षेत्रमा अभियानलाई विस्तार गर्दै घर–घरमा पार्टीका नीति र उम्मेदवारका प्रतिबद्धता पु¥याउने तयारी भइरहेको पार्टीका स्थानीय नेताहरूले जानकारी दिए।उनीहरूका अनुसार संगठन सुदृढीकरणसँगै मतदातासँग निरन्तर संवाद नै जितको आधार हो ।
श्रेष्ठले समावेशी विकास र सुशासनलाई आफ्नो अभियानको मेरुदण्ड बनाएका छन्। जनजाति, महिला,दलित र सीमान्तकृत समुदायको सहभागिता बिनाको विकास सम्भव नरहेको उल्लेख गर्दै उनले नीति निर्माणदेखि कार्यान्वयनसम्म स्थानीय आवाज समेटिने प्रतिबद्धता जनाए । साथै,विपद् व्यवस्थापन,वातावरण संरक्षण र दिगो पर्यटन प्रवद्र्धनमा पनि जोड दिने बताए ।
स्थानीय मतदाताले श्रेष्ठको सक्रियता र स्पष्ट एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । अभियानले गति लिँदै जाँदा क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ।सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बागमतीलाई नेपालका उत्कृष्ठ नगरपालिकाहरु मध्य उत्कृष्ठ पाँचमा पारेर गरेको विकास र उनकै क्षेत्र रहेकाले सर्लाही क्षेत्र नम्बर ३ मा श्रेष्ठलाई चुनाव जित्न सहज बनाएको स्थानीय राजनितिक विश्लेषकहरु बताउँछन् ।