प्रहरी चौकी भाँडसरका प्रमुख असई यादव सहितको टिमलाई कार्बाही

395 Shares

सर्लाहीको मलंगवा नगरपालिका ५ स्थित रहेको प्रहरी चौकी भाँड्सरमा कार्यरत असई राजेश प्रसाद यादव सहितको टिमलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले कार्बाही गरेको छ।असई यादव सहितको टिमले प्रहरी चौकी भाँड्सर परिसरभित्रै तस्करसँगको लेनदेनमा मुछिएको घटनाको छानविन गरी कार्बाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार जेठ ११ गते आइतबार राती असई यादवसहितको टोलिलाई जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा तानिएको हो।भने उक्त प्रहरी चौकीमा असई जलन्धर प्रसाद यादवको नेतृत्वमा नयाँ टोलि पठाइएको छ।प्रहरी चौकी परिसरभित्रै असई यादव र एक तस्करबीचको बार्गेनिङ समेटिएको भिडियो सार्वजनिक भएपछि प्रहरी उपरिक्षक खड्काले उनीहरुलाई कारबाही गरेका हुन्।४८ सेकेन्डको भिडियोमा असई यादव र तस्करबीचको संवादमा उक्त नाकाबाट निरन्तर तस्करी भइरहेको र त्यसवापत रकमको मोलमोलाइ गरिएको स्पष्ट सुन्न र देख्न सकिन्छ ।
घटनाबारे प्रारम्भिक आन्तरिक छानबिन सुरु भइसकेको का प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।नागरिक समाजले असई यादवमाथि तत्काल छानबिन र विभागीय कारबाहीको माग गरेका थिए।“तस्करीमा संलग्न प्रहरीलाई कारबाही नभएसम्म कानुनको शासनको अर्थ नरहने उनीहरुले गुनासो गरेका थिए ।
तस्करीजस्तो संगठित अपराधमा संलग्न प्रहरीलाई कानुनी दायरामा ल्याइएन भने राज्यको शासन प्रणालीप्रति जनविश्वास गुम्ने खतरा रहेकोले नेपाल प्रहरीको केन्द्रीय नेतृत्व र प्रहरी उपरिक्षक खड्काले यस विषयमा के कदम चाल्ने हुन् भन्नेमा अहिले सबैको ध्यान केन्द्रित रहेको छ ।
सीमानाकामा सुरक्षाको जिम्मेवारी पाएका असई यादवको प्रहरी चौकी भाँड्सरमा मोजमस्ति थियो।असई यादवको संरक्षणमा सिमामा गैरकानुनी क्रियाकलाप बढ्नुका साथै व्यापक तस्करी मौलाएको थियो।गत वर्षदेखि भाँड्सर चौकीको इन्चार्ज रहेका असई यादव विभिन्न अवैध गतिविधिमा संलग्न रहँदै आएका थिए।धानदेखि गाईगोरु र घरेलु तथा सिल प्याक मदिरालगायत विभिन्न तस्करीका घटनामा उनको प्रत्यक्ष संलग्नता रहँदै आएको थियो ।
स्रोतका अनुसार,असई यादवले सर्लाहीका निवर्तमान प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहलाई मासिक रूपमा मोटो रकम बुझाउँदै आएकाले उनी संरक्षणमा रहँदै आएका थिए।भने यही बैशाख २३ गतेदेखि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी उपरिक्षक खड्काले नयाँ प्रमुखका रूपमा पदभार सम्हालेका छन्।तर प्रहरी उपरिक्षक खड्काको यस कारबाहीले सुरक्षाकर्मीको मिलेमतोमा सिमावर्ती क्षेत्रमा बढ्दो तस्करीमा अंकुश लाग्ने आशा गरिएको छ ।
जनतासंग प्रत्यक्ष सरोकार रहेका सर्लाही जिल्लाको विभिन्न सरकारी कार्यालयमा रहेको बेतिथि, विसंगति र सिमानाकामा हुने अबैध तस्करीका विषयमा निरन्तर खबरदारी गर्दै आएका स्थानीय पत्रकार एसपी यादवले प्रहरी चौकी भाँड्सरका विबादास्पद असई यादवको बारेमा विभिन्न सञ्चार माध्यमहरुमा पटक पटक समाचारजन्य सामाग्री प्रकाशन भएका थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा भन्सार छलेर भारतीय सामग्रीहरु चिनी,तेल,चामल, मलखाद्य,कपडा,स्पेयर पार्टस्,खसी,कुखुरा र कुखुराको चल्ला,अन्डा,कस्मेटिक तथा खेलकुद लगायतका सामग्रीहरु नेपाल भित्रिने गरेको छ।भने तस्करहरुले नेपाल तर्फबाट गाईगोरु, मदिरा,सुपारी,मरिच,अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु भारततर्फ यस नाकाबाट चोरी निकासी गर्दै आएका छन्।यसबाट नेपाल सरकारलाई प्राप्त हुने करोडौ सरकारी राजस्व चुहावट भइरहेको पाइएको छ ।

सम्बन्धित समाचार