स्टाम्प,स्वस्तिक छापा नामावली सहसत ७ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-४ गते   ८०२ पटक हेरिएको

सर्लाहीकाे  कबिलासी नगरपालिका ७ अगर्वाबाट स्वस्तिक छाप,स्टाम्प र मतदाता नामावली सहित ७ जनालाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
कबिलासी नगरपालिका ७ अगर्वा स्थित नवलपुर मलंगवा सडक खण्डमा नवलपुरबाट मलंगवा तर्फ जाँदै  गरेकाे BR 06. CZ 7624 नंम्बरको स्कारपियो रोकी चेमजाँच गर्दा साे स्कारपियाे भित्र  मतदाता नामावली १ सेट,स्वस्तिक छाप २४ थान र स्टाम्प ५ थान सहित ७ जना मानिसलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १० नं. हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
पक्राउ पर्नेमा सर्लाहीकाे  कबिलासी नगरपालिका १ बस्ने बर्ष अन्दाजी २० का मिथलेश यादव,बर्ष अन्दाजी १९ का राम नारायण चौधरी,बर्ष अंन्दाजी  ३५ का अजय कुमार राय, बर्ष अंन्दाजी ३२ का प्रमोद राय,कविलासी नगरपालिका ९ बस्ने बर्ष अंन्दाजी  ३४ का राजेश कुमार राय, भारतकाे सितामढी रिगा बस्ने बर्ष अन्दाजी ३४ का कैमुदिन मंसुरी र बर्ष अंन्दाजी  २७ का डब्लु कुमार राय रहेका सशस्त्र प्रहरी बल नेपाल १० नं. हे.क्वा.गण सर्लाहीका गणपति शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भरत खँनियाले जानकारी दिए ।
पक्राउ गरिएका सातै जना,स्कारपियाे र सामाग्री आवश्यक अनुसन्धान र  कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाईएको सशस्त्र प्रहरी बल नेपाल १० नं. हे.क्वा.गण सर्लाहीका गणपति शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरीक्षक खँनियाले बताए ।
निर्वाचन आचारसंहिता अनुसार भारतिय नम्बरका सवारीसाधन सञ्चालन गर्न पाईदैन,मतदान गर्ने दिन भन्दा करिब ७२ घण्टा पहिलाबाट प्रचार प्रसारगर्न पाईदैन,भेला,सभा,सम्मेलन गरणन पाईदैन । तर यी सबै गतिविधि सर्लाहीमा निर्वाध रुपमा भई रहँदा समेत आचारसंहिता अनुगमन समिति माैन देखिएकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech