Close This

लोकमार्ग अति क्रमणको चपेटामा,दुर्घटाको जोखिम बढ्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१३ गते   ११२ पटक हेरिएको

पुर्व पश्चीम लोकमार्ग अन्तगर्त पर्ने सर्लाहीको फुलजोर,रानिगन्ज,लालबन्दी नवलपुर,हरिवन,नयाँ रोड सहित बागमती  लगायतका स्थानका बजारहरुमा सडक अतिक्रमण गरेर सडकको छेउमा पसलहरु सञ्चालनमा भई रहेका छन् ।
लामो तथा छोटोदुरीका सवारी साधन सञ्चालन हुने अति व्यावस्त   पुर्व पश्चीम लोकमार्गको छेउम सञ्चालीत  पसलहरुका कारण सवारी साधन पार्कीङ गर्न समस्या हुनुको साथै पैदलयात्रीहरु समेत मारमा परेका छन् ।  सडकको छेउमा रहेका ठेलागाढा तथा तरकारी र फलफुलका साथै किराना पसलहरुका कारण लामो तथा छोटो दुरीका सवारी साधन पार्कीङ गर्न समस्या भएको यातायात व्यावसायीहरुले गुनासो गरेका छन्। सवारी पार्कीङ गरि यात्रुहरुलाई चढाउन तथा ओराल्न समेत समस्या भएको उनिहरुको गुनासो छ भने सडक अतिक्रमण गरि गरिएका व्यापार व्यावसायका कारण सवारी दुर्घटना समेत हुने गरेको  ट्राफिक प्रहरीले जनाएको छ । 
बजार भित्र ग्राहक नजाने र सडकको छेउमा ठेलागाढा तथा तरकारी र फलफुलका साथै किराना पसलहरु राख्दा व्यापार पनि राम्रो हुने गरेका कारण पनि सडकको छेउ तथा फुटपाथमा व्यापारीहरुको नजर जाने गरेको छ । सडक छेउको फुटपाथमा व्यापार गर्दा दैनिक ४÷५ हजारु देखि १८÷२० हजार सम्म कारोबार हुने गरेको व्यापारीहरले बताएका छन् ।
नगरपालिकालाई कर पनि तिर्न नपर्ने र राम्रो व्यापार हुने आशका साथ सडकको छेउमै  ठेलागाढा तथा तरकारी र फलफुलका पसलहरु राखीएका कारण पछिल्लो समय सवारी दुर्घटना पनि दिनप्रति दिन बढेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले बताएको छ । अहिले जिल्लाको फुलजोर,रानिगन्ज,लालबन्दी नवलपुर,हरिवन,नयाँ रोड सहित बागमती  लगायतका स्थानका बजारहरुमा लोकमार्गको छेउमा करिब ७० वटा भन्दा बढी ठेलागाढा तथा तरकारी र फलफुलका साथै किराना पसलहरु सञ्चालीत रहेका छन् । भने अटो तथा मयुरीको मनोमानी सञ्चालन तथा उचित पार्कीङ नहुँदा पुर्व पश्चीम लोकमार्गको छेउमै पार्कीङ गर्ने गरेका कारण पनि लामो तथा छोटोदुरीका सवारी साधनहरुलाई यात्रुहरु चढाउन तथा ओराल्न समस्या हुने गरेको छ । 
स्थानिय निकायलेसवारी पार्कीङ तथा व्यापार व्यावसाय गर्ने स्थानको उचित व्यवस्था गर्न नसक्दा यस्तो समस्या सृजना भएको हो । जसका कारण सडक तथा बजारको सौदर्य समेत गुमेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech