वडा अध्यक्ष भण्डारीद्धारा विद्यालयलाई माक्स वितरण 

2.8k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ५ का वडा अध्यक्षले आफ्नो वडाका २ विद्यालयलाई माक्स वितरण गर्नु भएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विगत करिब ६ महिना देखि बन्द रहेका विद्यालयहरु खुल्न थालेपछि विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि कोरोना संक्रमण नहोस भन्नका आफ्नो वडाका २ विद्यालयहरुलाई १ हजार ५ सउय थान माक्स वितरण गरिएको वडा अध्यक्ष मोहन भण्डारीले बताउनु भयो ।

अमर ज्यान अधारभुत विद्यालय र महेन्द्र आदर्श प्राथमिक विद्यालयमा अध्यरत छात्र÷छात्रालाई  १ हजार ५ सय थान माक्स निशुल्क वितरण गरिएको भण्डारीले बताउनु भयो । विद्यालयमा अध्यरत छात्र÷छात्रालाई  कोरोना बाट जोगाउन वडा अध्यक्ष भण्डारीले माक्स सहयोग गर्नुभएको विद्यालयले जनाएको छ । अमर ज्यान अधारभुत विद्यालय र महेन्द्र आदर्श प्राथमिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरुका लागि अध्यक्ष भण्डारीले माक्स वितरण गर्नुभएको अमर ज्यान आधारभुत विद्यालयका प्रधानाध्यापक बैजु चौधरीले जानकारी दिनु भयो ।
विद्यालयमा पठन पाठन सुरु भईसकेकोले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई माक्स नभएकै कारण घर फर्किनु नपरोस भन्ने उद्देश्यका साथ वडा अध्यक्ष भण्डारीले दुईटै विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेको महेन्द्र प्रा.वि.का प्रधानाध्यापक आसनारायण चौधरी बताउनु भयो ।

सम्बन्धित समाचार