Close This

बागमतीमा एक जनाको शव फेला

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२९ गते   ३०३ पटक हेरिएको

सर्लाहीको बागमतीमा सडेगलेको अवस्थामा एक जनाको शव फेला परेको छ ।बागमती नगरपालीका ७  बागमती नदी बीचमा नाम थर नखुलेको अन्दाजी ५०÷५२ बर्षका उचाई ५ फिट ३ इन्च भएको कम्मरमा गम्छा बेरेको अबस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
सर्लाहीका प्रहरी प्रमुख तथा  प्रहरी उपरीक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो ।  बुधवार साँझ सडेगलेको अवस्थामा शव देखी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाएपछि घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान जारी रहेको  प्रहरी उपरिक्षक पोख्रेलले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech