सिन्धुली जिल्ला अस्पतालमा एक सुत्केरी महिलाको उपचारको क्रममा मृत्यु

667 Shares

रितिक अधिकारी
सिन्धुली जिल्ला अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ५ सिलामेकी २९ वर्षिय गंगा गुरूङ(श्रेष्ठ)को मंगलबार उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफ्न्तहरु आक्रोसित भएका छन् । आक्रोसित भएका पीडित परिवारका साथै स्थानीयले अस्पतालमा ढुङ्गामुढा प्रहार गर्दा स्थिती तनाबग्रस्त भएको हाम्रा सहकर्मी रितिक अधिकारीले जानकारी दिए ।

उनका अनुसार पीडित परिवार तथा स्थानीयले  ढुङ्गामुढा प्रहार गर्दा एक सुरक्षाकर्मी घाईते भएका छन् भने पीडित परिवारजनले वि.पि राजमार्ग करिब आधा घण्टादेखि बन्द गरेका छन । अस्पतालका डा.दिनेश कुमार मितले बेहोस बनाउने गलत औषधी दिएका कारण सुत्केरी गंगाको  मंगलबार उपचारका क्रममा मृत्यु भएको पीडित पक्षको आरोप छ ।

स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी परिचलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरन्जिवि दाहालले बताए । उनका अनुसार अस्पतालका डा.मितलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको छ । भने स्थिति थप तनाव ग्रस्त नहोस भनेर प्रहरीले संम्यम्ता अपनाएको छ ।

सम्बन्धित समाचार