दुग्ध विकास संस्थान(डिडिसी)को सर्लाही शाखा प्रमुखहरुको मनोमानी भारतिय गुणस्तरहिन दुध निर्यात

394 Shares

सर्लाहीको लालबन्दीमा रहेको दुग्ध विकास संस्थान(डिडिसी)का कार्यालय प्रमुख कार्यालयमा नबस्ने गरेका किसानहरुले गुनासो गरेका छन्।लालबन्दी नगरपालिका ९ स्थित रहेको नवलपुर दुग्ध चिस्यान केन्द्रका कार्यालय प्रमुख सुवर्ण खनाल कहिलै पनि कार्यालयमा नबस्ने गरेका कारण आफुहरु सामान्य कुनै समस्या भएर कार्यालयमा जाँदा पनि काम नभई फर्किनु परेको किसानहरुले गुनासो गरेका छन् ।
दुग्ध विकास संस्थान(डिडिसी)का क्षेत्रीय कार्यालय हेटौँडाका प्रमुख राजिव खनालको आर्शिवाद पाएर २०८१ भदौमा कार्यालय प्रमुख भएर सुवर्ण दुग्ध विकास संस्थान(डिडिसी)का महा प्रवन्धक सुर्य प्रसाद पौडेल अनुगमनमा आउँदा समेत फेला नपरेका दुग्ध विकास संस्थान(डिडिसी)का एक कर्माचारीले बताए ।
नवलपुर दुग्ध चिस्यान केन्द्र लालबन्दीका प्रमुख भएपनि उनी सुवर्ण अधिकांश समय हेटौँडा र काठमाण्डौँ बस्ने गर्दा नवलपुर दुग्ध चिस्यान केन्द्र लालबन्दीमा रहेका कर्माचारीहरुले नवलपुर दुग्ध चिस्यान केन्द्र लालबन्दीका प्रमुख सुवर्णको निर्देशनमा दुधमा नुन,चिनी तथा पानी र पाम आयल लगायतका अखाद्य वस्तु मिसाउने गरेका समेत एक कर्माचारीले नाम नबताउँने सर्तमा कमलामाई मिडिया प्रा.लिलाई बताए ।
नवलपुर दुग्ध चिस्यान केन्द्र लालबन्दीका प्रमुख सुवर्णलाई भेट्न कार्यालयमा किसानहरु जाँदा समेत त्यहाँका कर्माचारीहरुले गैर जिम्मेवार जवाफ दिने गरेका किसानहरुको गुनासो छ । दुग्ध विकास संस्थान(डिडिसी)का क्षेत्रीय कार्यालय हेटौँडाका प्रमुख राजिवले पुर्ण रुपमा आश्रय दिँदा नवलपुर दुग्ध चिस्यान केन्द्र लालबन्दीका प्रमुख सुवर्णको मनोमानी बढेको पाइएको छ ।सो विषयमा बुझ्न नवलपुर दुग्ध चिस्यान केन्द्रका कार्यालय प्रमुख सुवर्ण खनाललाई फोन गर्दा सम्पर्क हुन सकेन् ।
दुग्ध विकास संस्थानको मुख्य काम, कर्तव्य र अधिकार के के छन् ?
दुग्ध विकास संस्थान (डिडिसी)नेपाल सरकारद्वारा स्थापित एक सरकारी निकाय हो।जसको उद्देश्य दुग्ध उत्पादन,संकलन,प्रशोधन,वितरण र बिक्रीलाई व्यवस्थित गर्दै देशमा दुग्ध उद्योगको विकास र विस्तार गर्नु हो।दुग्ध विकास संस्थानको स्थापना सन् १९६९ मा भएको हो ।यसले ग्रामीण क्षेत्रका किसानहरूलाई आफ्नो दुग्ध उत्पादनलाई बजारसम्म पु¥याउन सहयोग गर्दै आएको छ।
१.कामः
दूध संकलनः दुग्ध विकास संस्थानले देशभरि किसानहरूबाट दूध संकलन गर्ने काम गर्छ। यसले दुर्गम र ग्रामीण क्षेत्रका किसानहरूलाई आफ्नो उत्पादन बजारमा ल्याउन सहयोग पुर्याउँछ।दूध प्रशोधनःसंकलित दूधलाई विभिन्न प्रशोधन प्रक्रियाबाट गुणस्तरीय र सुरक्षित बनाउने,जसमा पाश्चराइजेसन,प्याकेजिङ्ग र अन्य प्रक्रिया समावेश छन्।दूधजन्य उत्पादन उत्पादनःदूधबाट घ्यू,पनिर,दही,बटर,दूध पाउडर आदि उत्पादन गर्दै उपभोक्तालाई विभिन्न दुग्धजन्य उत्पादन उपलब्ध गराउँछ।बिक्री र वितरणःदुग्ध विकास संस्थानले आफ्ना उत्पादनहरूलाई देशभर वितरण गर्छ र बिक्रीका लागि विभिन्न काउन्टरहरू, बिक्री केन्द्रहरू र खुद्रा व्यवसायहरूसँग सहकार्य गर्छ।
२.कर्तव्यः
दुग्ध उत्पादनमा वृद्धिः किसानहरूलाई प्रोत्साहन,तालिम र आवश्यक सहयोग प्रदान गर्दै दुग्ध उत्पादनमा वृद्धि गर्ने।गुणस्तर मापदण्ड सुनिश्चित गर्नुःउपभोक्तालाई स्वस्थ,गुणस्तरीय र सुरक्षित दूध तथा दुग्धजन्य उत्पादन उपलब्ध गराउनु।कृषकहरूको हित संरक्षणः किसानहरूलाई उचित मूल्य प्रदान गर्ने र तिनीहरूको हित संरक्षण गर्ने।नवीन प्रविधि र तालिम प्रदान गर्नेः दुग्ध उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने र कृषकहरूलाई उत्पादन प्रक्रिया सुधार गर्न तालिम दिने।
३.अधिकारः
दूधको मूल्य निर्धारण गर्नेःदूध र दुग्धजन्य उत्पादनहरूको मूल्य निर्धारण गर्ने अधिकार।अनुगमन र नियन्त्रणः दूधको गुणस्तर, प्रशोधन प्रक्रिया, र वितरणमा अनुगमन गर्ने र आवश्यक भएमा सुधारात्मक कदम चाल्ने अधिकार।सहकारी र निजी क्षेत्रसँग सहकार्य गर्नेः स्थानीय सहकारी संस्था, किसान समूह, र निजी क्षेत्रसँग सहकार्य गरी दुग्ध उत्पादन र वितरण व्यवस्थापन गर्ने।नियम र मापदण्ड निर्माण गर्नेः दुग्ध उत्पादन र वितरण प्रक्रियालाई प्रभावकारी बनाउनका लागि आवश्यक नियम, निर्देशन र मापदण्ड निर्माण गर्ने।
दुग्ध विकास संस्थानको मुख्य उद्देश्य दुग्ध उत्पादन र वितरणमा स्थिरता कायम गर्नु, उपभोक्तालाई गुणस्तरीय दूध उपलब्ध गराउनु, र किसानहरूको जीवनस्तर उकास्नु हो। तर भारतिय गुणस्तरहिन दुध गैर कानुनी रुपमा नेपाल भित्र्याउने रनेपाली किसानहरुको दुधको पैसा समेत नतिर्ने डिडिसीको कुनै नयाँ कथा होइन् ।

यता, साे विषयमा बुझ्न नवलपुर चिस्यान केन्द्रका निमित्त प्रमुख नितेश यादवले कार्यालय प्रमुख आमा विरामी भएर विदामा बसेका दाबि गर्दै अन्य विषय जाे डिडिसीसंग जनेडिएका छन् ती विषयमा आफुलाई कुनै जानकारी नरहेकाे बताए ।

सम्बन्धित समाचार