विप्लव नेतृत्वको नेकपाको ट्रेड युनियन महासंघ प्रदेश २ को प्रथम बैठक सम्पन्न

2.5k Shares

नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश २ को प्रथम बैठक तथा मजदुर जागरण अभियान  २०७८ उद्घाटन भएको छ । 
बरहथवा नगरपालिका २ मा बैज्ञानिक समाजवादी व्यबस्था र श्रमिक अधिकारको लागि जनमत संग्रह  प्रथम बैठक तथा मजदुर जागरण अभियान  २०७८ उद्घाटन गरिएको नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश २ इन्चार्ज पदम मगरको अध्यक्षता तथा नेकपाका केन्द्रिय सल्लाहकार सचिव चित्र बहादुर आलेको प्रमुख आतिथ्यतामा प्रदेश २ को अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश २ को प्रथम बैठक तथा मजदुर जागरण अभियान  २०७८ उद्घाटन भएको नेकपाका केन्द्रिय सदस्य तथा सर्लाही, रौतहट इन्चार्ज मिसन शाहीले जानकारी दिनु भयो ।
कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष बिनोद थापा, कोषाअध्यक्ष इश्वर बुढाथोकी,सर्लाही सेक्रेटरी कमल सुस्लिङ,रौतहट सेक्रेटरी कुमार राई,संघका २ नम्बर प्रदेश इन्चार्ज पदम मगर,युवा संगठन नेपाल केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश २ इन्चार्ज बिचार मान थिङ,अखिल नेपाल क्रान्तिकारी  ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा बारा,पर्सा जिल्ला इन्चार्ज सुमन बस्नेत लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको युवा संगठन नेपाल केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश २ इन्चार्ज बिचार मान थिङले जानकारी दिनु भयो । उहाँकाअनुसार प्रदेस २ अन्तर्गतका सबै आठै जिल्लाहरुबाट जिल्ला संयोजकहरुको उपस्तिथि रहेको कार्यक्रमले प्रदेश २ भित्र अभियान संचालन गर्ने निर्णय  गरेको छ ।
प्रदेश २ भित्रका औद्योगिक क्षेत्रका मजदुरहरुलाई संगठित गर्दै,सबै जिल्ला तथा नगरहरुमा महासंघका कमिटी गठन गर्ने कार्य सुरु गरिने नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । नेपालमा अब केपि शर्मा ओली,पुष्प कमल दाहाल(प्रचण्ड)कम्युनिष्ट नरहेको र क्रान्तिकारी तथा उत्पीडित मजदुर सुकुम्बासीको हकहितका लागि नेपाल कम्युनिस्ट पार्टी मात्र रहेको कार्यक्रमका प्रमुख अतिथि आलेले बताउनु भयो । उहाँले कथित प्रतिबन्धका कारण संगठन अलि कमजोर भएता पनि अहिलेको उपस्तिथि नै क्रान्तिकारी आन्दोलन हाक्न सक्ने टिम रहेको बताउनु भयो  । कार्यक्रमका प्रमुख अतिथि आलेले सर्लाही जिल्लामा तत्कालीन जिल्ला इन्चार्ज कुमार पौडेल राष्ट्रिय स्तरको नेता,सुकुम्बासीको ढुकढुकि रहेका थिए तर यहाँका दलाल,भ्रस्टाचारी जनप्रतिनिधिहरुकै निसानामा हत्या गरिएको आरोप लगाउनु भयो ।

सम्बन्धित समाचार