सर्लाहीको लालबन्दी नगरपालिका १७ मा घरमा पालिकाकोे हरिणले आक्रमण गर्दा एक जना घाईते भएका छन ।
घरपालुवा हरिणले आक्रमण गर्दा लालबन्दी नगरपालिका १७ कै अन्दाजी ७० वर्षिय भिमबहादुर कटुवाल घाईते भएका प्रहरीले जनाएको छ । मंगलबार घर नजिकै आएको हरिण धपाउने क्रममा हरिणले आक्रमण गर्दा कटुवाल घाईते भएका परिवार स्रोतले जनाएको छ ।
लालबन्दी १७ मा रहेको प्रिन्स क्रसर उद्योगमा पालिएको हरिणले बृद्धलाई आक्रमण गरेको हो । घाईते कटुवालको लालबन्दीमा रहेको ‘टेक्सास अस्पताल’मा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनु भयो ।
जंगलबाट साना बच्चा आएर क्रसरमा बसेका र अहिले सम्म पनि क्रसरमै रहेका साथै जंगल चर्न गएपनि साँझ घर फर्कने गरेका क्रसर सञ्चालक यादव अधिकारीले बताउनु भयो । करिब डेढ वर्षदेखि २ वटा भालेपोथी हरिण क्रसरमा रहेका छन ।