सर्लाहीको बागमती नगरपालिका १२ स्थित रेल्वे ट्रयाकमा सवारी दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।साेमबार दिउँसो अन्दाजी साँढे ४ बजे ना २४ प ९२४२ नम्बरकाे माेटरसाईकल बागमती प्रदेश ०३-००१ क ०६०० नम्बरकाे टिपरमा ठाेक्किँदा बागमती नगरपालिका ४ जिरायत टाेल बस्ने अन्दाजी वर्ष १४ का अर्मान पाच्चे मगर र साेही ठाउँकी अन्दाजी वर्ष १८ कि आशिका आले मगर घाईते भएका प्रहरीले जनाएको छ ।

घाईते मध्य माेटरसाईकल चालक पाच्चे मगरलाई बागमती नगरपालिका ११ स्थित सभ्यता हेल्थ केयर प्रा.लि.मा सामान्य उपचार पछि बाराकाे कलैया स्थित रहेकाे एलएस न्युराेमा थप उपचारका लागि पठाईएकाे प्रहरीले जनाएको छ ।भने आलेकाे बागमती नगरपालिका ११ स्थित सभ्यता हेल्थ केयर प्रा.लि.मा उपचार भई रहेकाे साथै दुर्घटनामा संग्लग्न सवारीसाधन ईलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ ।