Close This

लालबन्दी नगरलाई स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२५ गते   ३१४ पटक हेरिएको

लालबन्दी नगरलाई प्राप्त सहयोग स्वास्थ्य सामाग्री ग्रहण गर्दै नगर प्रमुख खड्का, उप प्रमुख लामा र स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै टान्स फर्मका बलम्पाकी

सर्लाहीको लालबन्दी नगरपालिकालाई कोरोना विरुद्ध लडन स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) ले विश्वलाई त्रासित पारी रहेको समयमा टान्सफर्म नेपाल नामक गैर सरकारी संस्थाले नगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाले सर्जिकल ग्लोब्स १ हजार पिस र एन्टी फग फेस स्लाईड ५० पिस नगर प्रमुख मान बहादुर खड्कालाई नगरको सभा हलमा हस्तान्तरण गरेको संस्थाका दिपेन्द्र कुमार बलम्पाकीले जानकारी दिनु भयो । सहयोग स्वारुप प्राप्त स्वास्थ्य सामाग्री बुझ्दै नगर प्रमुख खड्काले संकटको घडिमा सहयोग गरि दिएको भन्दै सहयोगी दातालाई धन्यवाद समेत दिनु भएको छ ।

 स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगर उप प्रमुख शान्ती कुमारी लामा र प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सेना लगायतको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech