सर्लाहीका प्रतिस्पर्धामा सामुदायिक विद्यालयहरु सुधारका अभियान सुरु भएका छन् ।२० वटा पालिका रहेको सर्लाहीमा करिब पाँच सय सामुदायिक विद्यालयहरु रहेका भएपनि देश संघीय संरचनामा जानु अघि प्राय सबैको हालत खबरा थियो।तर देश संघीय संरचनामा गई स्थानीय तहहरुको निर्वाचन भएपछि जिल्लाका कतिपय सामुदायिक विद्यालयहरुको स्वरुपमा आमुल परिवर्तन आएको छ ।
मधेश प्रदेश मै बागमती नगरपालिकाका सामुदायिक विद्यालयहरु नमुना विद्यालयको रुपमा धमाधम काम गरि रहेको अवस्थामा हरिपुर नगरपालिका १ हजार बिघामा रहेको पाँच कुमार राम औतार लक्षिया मा.विले पनि विद्यालय सुधारका योजना अघि सारेको छ ।
कात्तिक २५ गते विद्यालय व्यवस्थापन समितिको बैठक बसेर नियमित शिक्षण सिकाइ क्रियाकलापलाई मर्यादित,व्यवस्थित तथा अनुशासित बनाउन प्रत्येक छात्रहरुको कपाल बढीमा सात सेन्टीमिटर हुनु पर्ने,प्रत्येक छात्राहरुले कपाल दुई चुल्ठी वाटी निलो रिवनले बाँध्नु पर्ने,हप्तामा दुई दिन मंगलवार र शुक्रवार ट्र्याक भेष्ट र अन्य दिन आकासे रङ्गको सट र निलो पाइन्ट वा स्कट सफा प्रयोग गर्नु पर्ने र प्रत्येक विद्यार्थीहरुले टाइ बेल्ट र कालो रङ्गको जुत्ता लगाउनु पर्ने लगायतका निर्णय गरेको प्रधानाध्यापक नारायण गौतमले बताए ।
सामुदायिक विद्यालयहरु प्रति अभिभावकहरुको पनि चासो कम भएकाले सामान्य न्युनतम कुराहरु पनि पुरा नभएकाले पहिलो चरणमा अनुशासन पालनाको काम गर्ने र त्यसपछि क्रमैसंग शैक्षिक तथा भौतिक सुधारका कामहरु गर्ने प्रधानाध्यापक गौतमले बताए ।